coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सिटिजन लाइफको ब्राण्ड एम्बेस्डरमा मह जोडी

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ब्राण्ड एम्बेस्डरमा 'मह जोडी' मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य अनुवन्धित भएका छन्। मह जोडीसँग कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बि.सी. तथा मुख्य प्रबन्धक कवि फुयालले उक्त सम्झौतामा हस्ताक्षर गरे।

समाजसेवामा उत्तिकै सक्रिय मह जोडीले प्रत्येक परिवारको लागि जीवनबीमाको आवश्यकताको बारेमा देशभर जनचेतना जगाउने र जीवन बीमा गरी आफ्नो जीवन सुरक्षित गर्ने बानीलाई प्रोत्साहित गर्न प्रेरित गर्ने कम्पनीले जनाएको छ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७४ साल कार्तिक २ गते लक्ष्मीपूजाको दिन देखि व्यवसायिक कारोबार शुभारम्भ गरेको थियो। देशभरी फैलिएका आफ्ना २५ वटा शाखा सञ्जाल मार्फत ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गरिरहेको छ।

प्रकाशित: १० मंसिर २०७४ १२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App