coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा मह जोडी

 

काठमाडौ– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मह जोडीलाइ ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्ती अनुसार सम्झौतापत्रमा “मह जोडी” मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसँग कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बि.सी. तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेका छन् ।


सम्झौता अनुसार मह जोडीले प्रत्येक परिवारको लागि जीवनबीमाको आवश्यकताको बारेमा देशभर जनचेतना जगाउने र जीवन बीमा गरी आफ्नो जीवन सुरक्षित गर्ने बानीलाई प्रोत्साहित गर्नेछ । 

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गएको कार्तिक २ गते लक्ष्मीपूजाको दिन देखि व्यवसायिक कारोबार शुभारम्भ गरेको छ र देशभरी फैलिएका आफ्नो २५ वटा शाखा सञ्जाल मार्फत ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गरिरहेको छ । कम्पनीका प्रवद्र्धकहरुमा प्रतिष्ठित उद्योगीहरु, बैंकरहरु तथा व्यवसायिक संस्थाहरु रहेका छन ।

प्रकाशित: १० मंसिर २०७४ १२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App