coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अज्ञात समूहको गोली प्रहारबाट सिरहामा दुई प्रहरी घाइते

सिरहा-  सिरहाको कल्याणपुर ५ निर्दनामा प्रहरीमाथी अज्ञात समूहले गोली प्रहार गरेको छ। प्रहरीको चेक जाँचको क्रममा मोटरसाइकलमा आएका २ जनाले प्रहरीलाई लक्षित गरेर गोली प्रहार गरेका थिए। गोली लागेर कल्याणपुर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मायाँराम यादव र म्यादी प्रहरी आदर्श कुँवर घाइते भएका छन्।

दुवै जनाको पेटमा गोली लागेको सिरहा प्रहरी प्रमुख शेखर कोइरालाले बताए। स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि उनीहरुलाई  थप उपचारको लागि काठमाडौं लगिएको छ। घटनास्थल नेपाल भारत सीमा नजिकै हो। गोली प्रहार पछि आक्रमणकारी मोटरसाइकलमा दक्षिणतिर भागेको स्थानीयले बताएका छन्।  

प्रकाशित: १० मंसिर २०७४ १२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App