६ वैशाख २०८१ बिहीबार
राजनीति

सोलुमा कुन नेताले कहाँवाट मतदान गरे ?

सोलुखुम्बु-  सोलुखुम्बुमा मुख्य प्रतिष्पर्धामा रहेका वाम र कांग्रेस नेताहरुले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन्। प्रतिनिधि सभाका कांग्रेस उम्मेद्वार बल बहादुर केसीले नेचा –सल्यान गाउँपालीकाको विपि संस्कृत माविमा रहेको मतदान केन्द्रबाट मतदान गरे।  

त्यस्तै वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हेम कुमार राई सुरबिरले फुर्के सामुदायिक बनको भवनमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन्।  कांग्रेस तर्फबाट प्रदेश सभा ‘क’ का उम्मेदवार प्रकास सिंह कार्कीले नेचा–सल्यान गाउँपालिकाको रुँगास्थानी आधारभुत विद्यालय र प्रदेश सभा ‘ख’ का उम्मेदवार आङगेलु शेर्पाले तामाखानीको पिके माविमा रहेको मतदान केन्द्रबाट मतदान गरे। त्यस्तै, वाम गठबन्धनको तर्फबाट प्रदेश सभा ‘क’ का उम्मेदवार उत्तम बस्नेतले दुधकौसीका गाउँपालीकाको काँगेल बाउन्डीमा रहेको मतदान केन्द्र र ‘ख’ का उम्मेदवार बुद्धिकुमार राजभण्डारीले सोलु–दुधकुण्ड नगरपालीको छुल्यामु आधारभूत विद्यालयको केन्द्रबाट मतदान गरे।

यसैबीच, सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालीकामा ९१ वर्षिय बृद्धले मतदान गरेका छन्। खुम्बु पासाङल्हमु गाउँपालीका १ बुक्सा आधारभुत विद्यालयको भवनमा रहेको मतदान केन्द्रमा गई स्थानीय खार्ते निवासी ९१ वर्षिय पेम्बा लकी शेर्पाले मतदान गरेका हुन्। छोरा पासाङ रिन्जी शेर्पाको साथमा गएर उनले भोट हालेको ग्याल्जेन शेर्पाले बताए । उक्त मतदान केन्द्रमा शेर्पाले बिहान ७ बजे पहिलो भोट हालेको मतदान अधिकृत गणेश राईले जानकारी दिए।

प्रकाशित: १० मंसिर २०७४ ०९:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App