coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रसुवामा १२ बजेसम्म ५० प्रतिशत मतदान

रसुवा सदरमुकाम धुन्चेस्थित मतदान केन्द्र। तस्विरः हिमनाथ

रसुवा—प्रतिनिधि सभा तथा प्रदेश सभाका जनप्रतिनिधि चयन गर्न भइरहेको निर्वाचनमा रसुवामा उत्साहजनक सहभागिता देखिएको छ। मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार मध्यान्ह १२ बजेसम्म रसुवामा ५० प्रतिशत मतदान भएको छ।

मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार मध्यान्ह १२ बजेसम्म रसुवामा ५० प्रतिशत मतदान भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले कति मत खस्यो भन्ने बारेमा तथ्याङ्क संकलन गरिरहेको छ।

जिल्लाको ४५ वटै मतदान केन्द्रबाट बिहान ७ बजेदेखि नै मतदान सुरु भएको थियो। बिहान चिसोका कारण उपल्लो क्षेत्रका केन्द्रमा मतदाताको उपस्थिति न्युन रहे पनि मौसम न्यानो हुँदै  जाँदा मतदान केन्द्रमा मतदाताको चाप बढेको छ।

अहिलेसम्म जिल्लाका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए। मतदाताले भयरहित वातावरणमा मतदान गर्ने अवस्था सृजना गर्न एक हजार पाँच सय सुरक्षाकर्मी खटाइएको उनले बताए। ‘मतदाता, कर्मचारी र निर्वाचन सामग्रीको सुरक्षाको लागि पेट्रोलिङ र मोबाइल गस्ती बढाइएको छ’, उनले भने।

जिल्लामा ३२ हजार तीन सय २३ मतदाताले मतदान गर्दैछन्। वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनसहित २३ उम्मेदवार चुनावी मैदानमा छन्।

प्रकाशित: १० मंसिर २०७४ ०६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App