coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विरोधका बाबजुद ओलम्पिक टर्च रियो पुर्याइयो

रियो दि जेनेरियो— ओलम्पिक खेलका लागी सरकारले गरेको चर्को खर्चको विरोधमा उत्रिएका प्रर्दशनकारीका विरोधका बाबजुद ओलम्पिक टर्च रियो पुर्याइएको छ।

ब्राजिलका विभिन्न शहरमा तीन महिना घुमाइएको उक्त टर्च डुङामा राखेर प्रतियोगिताको आयोजक शहर रियो पु¥याइएको हो। प्रर्दशनकारीले केही ठाउँमा उक्त टर्च निभाउन खोजेका थिए। प्रर्दशनका क्रममा केही स्थानमा झडप पनि भएका थिए। प्रर्दशन साम्य पार्न र आन्दोलनकारीलाई पन्छ्याउने क्रममा प्रहरीले अश्रुग्यास समेत प्रयोग गरेको थियो।

विगत केही महिनादेखि विभिन्न संस्थाका कर्मचारीहरु सरकारको चर्को खर्चको विरोधस्वरुप आन्दोलनरत छन्। शुक्रबारबाट सुरु हुने ओलम्पिकको उद्घाटनको क्रममा अझै विरोध चर्कने सक्ने बताइएको छ।

 

प्रकाशित: २० श्रावण २०७३ १२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App