८ वैशाख २०८१ शनिबार
अर्थ

एनसेलले दियो दुरालाई मोटरसाइकल

काठमाडौँ— सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजनाअन्तर्गत दिनेश दुरालाई एउटा मोटरसाइकल प्रदान गरेको छ।

काठमाडौं नयाँ बसपार्कको मित्रनगरमा रहेको लम्जुङ कम्युनिकेशनका सञ्चालक दुरालाई  एनसेलको दशौं हजार रिटेलर भएबापत मोटरसाइकल प्रदान गरिएको एनसेलले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।
एनसेलले आफ्ना सेवा तथा सुविधाको प्रर्वद्र्धन र रिटेलरहरुलाई प्रोत्साहन गर्न सन् २०१४ मा च्यानल लोयल्टि  योजना सुरु गरेको थियो। यस योजनाअन्तर्गत रिटेलरहरुले आफूले बिक्री गरेको एनसेलका रिचार्जकार्ड तथा सिमकार्डको बिक्री गरेबापत उनीहरुलाई पुरस्कार प्रदान गर्ने जनाएको थियो। यस योजना अन्तर्गत मोटरसाइकल पाउने दुरा पहिलो रिटेलर हुन्।

उनलाई आजै बागमती सेल्स टिमले एक कार्यक्रममाझ उक्त मोटरसाइकल प्रदान गरेको हो।

 

प्रकाशित: २० श्रावण २०७३ ११:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App