७ वैशाख २०८१ शुक्रबार
राजनीति

११४ वर्षीयाले गरिन् मतदान

बैतडीको वीरेन्द्र मावि शाहीलेक ‘क’ केन्द्रमा मतदान गर्दै ९१ वर्षीया देवु देवी ।

बैतडी- बैतडीको सुर्नाया गाउँपालिका–८ शिखरपुरकी ११४ वर्षीया पशुपति साँउदले भुमिराज मावि ढोल्य मतदान केन्द्रबाट मतदान गरेकी छन् । आइतबार बिहान उनलाई आफन्तले बोकेर मतदान केन्द्र ल्याएका हुन् ।

यस्तै वीरेन्द्र मावि शाहीलेक  ‘क’ केन्द्रमा ९१ वर्षीया देवु देवीले पनि मतदान गरेकी छन् । दशरथचन्द नगरपालिका–४ की देवीलाई गाडीमा मतदानस्थलसम्म पु¥याएको मतदान अधिकृत प्रविण शाहले बताए ।

प्रतिनिधिसभाको लागि एक र प्रदेशसभाको लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा आज बिहानदेखि शान्तिपुर्णरुपमा मतदान कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।

जिल्लामा १ सय २० मतदानस्थलमा १ सय ८२ मतदान केन्द्र रहेका छन् । एक लाख ३२ हजार ३ सय १९ मतदाता रहेका छन् ।

प्रकाशित: १० मंसिर २०७४ ०४:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App