coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

यसपटक पनि टहरोमा मतदान केन्द्र

सिन्धुपाल्चोक- निर्वाचनका लागि दुई दिनअघि नै गाउँ पुगेका कर्मचारीले अहोरात्र खटेर मतदान केन्द्रको तयारी पूरा गरेका छन् । भूकम्पका कारण मतदान केन्द्र हुने गरेका विद्यालय तथा अन्य भवन भत्किएका कारण् ायस वर्ष पनि मतदान केन्द्र टहरामा नै राखिएको छ ।
अहिलेको निार्वाचनमा तीन मतपेटिकामा तीन  पटक मतदान गर्नुपर्ने हुँदा निर्वाचन आयोगले तोकेको ढाँचामा केन्द्रलाई व्यवस्थित गर्न उनीहरूलाई अलि मिहेनत गर्नु परेको थियो । मतदान केन्द्र बनाउनेदेखि शुक्रबार र शनिबार कर्मचारीले मतदाता परिचयपत्र पनि वितरण गरेका थिए ।
    प्रमुख निर्वाचन अधिकृत दीपक खनालले मतदान केन्द्रको तयारी अन्तिम चरणमा पुगेको र मतदाताले मतदान केन्द्रसम्म आएर भोट खराल्न मात्र बाँकी रहेको बताए । ‘साँझसम्म सबै केन्द्रमा निर्वाचनपूर्वको सम्पूर्ण तयारी सकिएको छ,’ उनले भने । सिन्धुपाल्चोकमा २ सय ८५ मतदान केन्द्र छन् ।

 

प्रकाशित: १० मंसिर २०७४ ०२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App