मतदान केन्द्र र बस्ती कभर हुने गरी सुरक्षा योजना: गृहमन्त्रालय

शनिबार, ०९ मङि्सर २०७४, १८ : १४ नागरिक

काठमाडौं- पहिलो चरणको निर्वाचनको लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको गृहमन्त्रालयले जनाएको छ। पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि सबै तयारी पुरा भएको गृह सचिव मोहनकृष्ण सापकोटाले बताए। निर्वाचन आयोगले तयार पारेको योजना अनुसार गृहमन्त्रालय सम्पूर्णरुपमा तयार रहेको उनले बताए। भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था मिलाइएको गृहमन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सापकोटाले बताए।

गृहले निर्वाचनमा तीन घेराको सुरक्षा प्रवन्ध गरेको छ। मतदान केन्द्र र बस्तिहरु कभर हुने गरी सुरक्षा निकायबीच दोहोरो नपर्ने गरी सुरक्षा तयारी मन्त्रालयले गरेको छ। क्षेत्र नियन्त्रण, कुनै घटना भएको स्थानमा १० देखि ३० मिनेटमा सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मन्त्रालयले गरेको छ। जमिन र हवाईबाट समेत मतदान केन्द्रको सुरक्षा व्यवस्था मिलाएको छ।

विगतको सफल अभ्यासहरुलाई आधार मानेर योजना बनाइएको उनले बताए। घटना वा दुर्घटना भए प्रतिक्रिया जनाउने निरोधात्मक सुरक्षा सतर्कता अपनाउने गरी योजना निर्माण गरिएको गृहले जनाएको छ। आम मतदाता, राजनीतिक दल तथा निर्वाचन आयोगको समन्वयमा काम भइरहेको मन्त्रालयले जनायो।

निर्वाचन विरोधी केहि घटना भए पनि परिस्थिति नियन्त्रणमै रहेको मन्त्रालयले जनाएको छ। अवैध हातहतियार वरामद गरिनुका साथै ४ सय जना विप्लब माओवादी कार्यकर्ता पक्राउ गरेको मन्त्रालयले जनाएको छ।

 








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad