८ वैशाख २०८१ शनिबार
राजनीति

मतदान गर्न भूकम्प विस्थापित गाउँ फर्के

रसुवा- आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्न भूकम्पबाट विस्थापितहरु गाउँ फर्किएका छन्।

भूकम्पका कारण ३१ महिनाअघि गाउँ छाडेर हिँडेका बिस्थापित दोस्रो पटक मतदान गर्न गाउँ गएका हुन्। यसअघि बैसाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा मतदान गरेका विस्थापित यो पटक पनि मतदान गर्न गाउँ पुगेका छन्।

भूकम्पपछि गाउँ छाडेर जिल्लाको काव्रे, वोगटीटार, नौबिसे तथा नुवाकोटको सातबिसे र बट्टारमा बसिरहेका चार सय भन्दा बढी घरपरिवार गाउँ पुगिसकेका हाकुका छेकु लामाले बताए।

सदरमुकाम धुन्चे, बोगटीटार र नौबिसेका बसिरहेका हाकुमा विस्थापित शनिबार नै गाउँ पुगिसकेका छन्।  पार्वतीकुण्ड गाउँपालिका–१ हाकुमा ८ सय ४५ जना मतदाता रहेका छन् । त्यस क्षेत्रका लागि मतदान गर्नका लागि ठुलोहाकु स्वास्थ्य चौकीलाई मतदान केन्द्र तोकिएको छ।

 जिल्लाको साबिकको ७ ओटा गाविसबाट विस्तापित भएका उनीहरु खेतीपाती लगाउने र भित्र्याउने समयमा भने गाउँ जाने गरेका छन्। तत्कालिन समयमा हाकु, डाँडागाउँ, ठुलोगाउँ, राम्चे, धुन्चे, धैबुङ, लहरेपौवा, स्याफ्रु र थुमनबाट विस्थापित भएकामध्ये केही केही महिनापछि नै गाउँ फर्किएका थिए।

भूकम्पका कारण गाउँमा सुख्खा पहिरो खस्नुको साथै जमिन चिरा परेपछि चार सय भन्दा बढी घरपरिवार विस्थापित हुन पुगेका थिए।

बैसाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा मतदान गर्न गाउँ पुगेका उनीहरु निर्वाचन सकिए लगत्तै अस्थायी टहरामा फर्किएका थिए।

भूकम्प गए लगत्तै गाउँ छोडेका भूकम्प पीडित खेतीपाती गर्ने र बाली भित्र्याउने समयमा गाउँ जाने गरेका छन्।

गाउँ फर्केर बस्न नसक्ने अवस्था देखेपछि सदरमुकाम धुन्चे, बोगटीटार, नौबिसे लगायतको क्षेत्रमा बसिरहेका छन्।

स्थानीय तहको निर्वाचनमा विस्तापितले नै उम्मेदवारी नै दिएका थिए । यो पटक उम्मेदवारी नदिएपनि चुनावी अभियानमा सक्रिय भएर लागेका विस्थापितले सुरक्षित स्थान पहिचान गरेर राख्ने आशा गरेका छन्।

प्रकाशित: ९ मंसिर २०७४ ०९:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App