६ वैशाख २०८१ बिहीबार
समाज

महिला हिंसाविरूद्ध १६ दिने अभियान सुरु

काठमाडौं– नेपालमा महिला हिंसाविरोधी १६ दिने अभियानको सुरुवात विभिन्न कार्यक्रम गरी सुरुवात भएको छ । ‘महिला हिंसाविरुद्ध सबै जुटौ कोही नछुटौं’ भन्ने मूल नाराका साथ उक्त अभियानको सुरुवात भएको हो । 

संयुक्त राष्ट्रसंघको महासभाले  सन् २००५ देखि नै प्रत्येक वर्ष नोेभेम्बर २५ देखि डिसेम्बर १० सम्मलाई महिलाविरुद्ध हुने हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने गरेको छ । उक्त अवसरमा नेपालमा १६ दिनसम्म लैगिंक हिंसा अन्त्यका लागि  विभिन्न संघसंस्थाहरु उक्त अभियानको सुरुवात गरेका छन् । 

यसैबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महिला हिंसाविरुद्ध काम गर्नै विभिन्न संघसंस्थाहरूले यस दिवसले समाज, देश र अन्तर्राष्ट्रियस्तरमा महिला हिंसालाई निषेध र निरुत्साहन गर्ने कार्यमा हौसला प्रदान गर्ने धारणा राखेका छन् । 
शिक्षा तथा चेतनाको अभावका कारण संसारका महिलाहरूले आफूमाथि हुने गरेको हिंसा तथा तथा विभिन्न अपमानित व्यवहारहरू खप्न बाध्य हुने गरेका छन् । 

महिला हिंसाविरुद्ध कार्यरत संस्थाहरूले महिलाविरोधी विभिन्न कूसंस्कार तथा अन्धविश्वासको अन्त्यका लागि यस्ता संस्थाको औचित्य रहेको बताएका छन् । 

महिलाविरोधी हुने हिंसा एक पितृसत्तात्मक समाजको उपज हो । सन् २००५ देखि २०१६ सम्मको तथ्यांकले ८७ मुलुकहरूमा करिब १५ देखि ४९ वर्ष उमेर समूहका महिलाहरू शारीरिक तथा मानसिकरुपमा महिला हिंसाका शिकार हुने गरेको पाइएको छ । विश्वमा कूल जनसंख्याको करिब ५२ प्रतिशत महिलाहरू विभिन्न प्रकारका हिंसाको शिकार बन्न बाध्य भएको एक तथ्यांकले पुष्टि गरेको छ । प्रत्येक ३  महिलाहरूमध्ये १ महिलाहरू  प्रत्येक मिनेट महिला हिंसाको शिकार हुने गरेको संयुक्त राष्ट्रसंघको तथ्यांकले सार्वजनिक गरेको छ । 

महिला हिंसाको क्षेत्रमा अभियान सञ्चालनका विभिन्न समस्याहरू रहेका छन् । यसका लागि यथेष्ट रुपमा आर्थिक स्रोत साधनको अभाव देखिन्छ । महिला हिंसा सम्बन्धी अभियानको मुख्य औचित्य नै उनीहरू माथि हुने विभिन्न प्रकारका हिंसाबारे आवाज उठाउनु नै हो । 

प्रकाशित: ९ मंसिर २०७४ ०७:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App