coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा देश र जनताका नाममा सपथ

काठमाडौं–नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले जनताका नाममा पद तथा गोपनीयताको सपथ लिएका छन्। ३९औं प्रधानमन्त्रीका रुपमा दाहालले  देश र जनताका नाममा सपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले  सपथ खुवाउने क्रममा इश्वर, देश र जनताका नाममा भनेपछि दाहालले जनताका नाममा भनेका थिए।  

बुधबार व्यवस्थापिका संसदमा भएको प्रधानमन्त्रीको निर्वाचनमा दाहाल निर्वाचित भएका थिए। उनको विपक्षमा २ सय १० मत परेको थियो। । दाहालको पक्षमा नेपाली कांग्रेस, राप्रपा, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, फोरम लोकतान्त्रिक र स्वतन्त्र गरी १७ दलले मत दिएका थिए भने विपक्षमा नेकपा एमाले, राप्रपा नेपालसहितका दलले मतदान गरेका थिए।

नेपाली सेनाका तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई बर्खास्त गर्ने विवादास्पद निर्णयका कारण उनले पहिलोपटक प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यतिबेला संविधानसभाको ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री बनेका उनले अहिले तेस्रो ठूलो दलको नेताका रूपमा जिम्मेवारी सम्हालेका हुन्।  दाहाल मुलुकको ३९ औं  र दोस्रो कम्युनिष्ट प्रधानमन्त्री हुन् ।

यसैबीच राष्ट्रपति भण्डारीले   २ उपप्रधानमन्त्री कृष्णबहादुर महरा र बिमलेन्द्र निधीलाई पनि सपथ खुवाएकी थिइन्। यसैगरी मन्त्रीहरू रमेश लेखक, गाैरीशंकर चाैधरी र दलजीत श्रीपालीलाई पनि पद तथा गाेपनीयताकाे सपद खुवाइकी छिन्।

प्रकाशित: २० श्रावण २०७३ ०९:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App