८ वैशाख २०८१ शनिबार
समाज

एमले अध्यक्ष ओलीको घर नजिकै बम विष्फोट

युवराज विवश
दमक– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको घरनजिकै बम बिष्फोट भएको छ । आज बिहान ४ बजे तिरकोमा ओलीको घर नजिकै ढलको नालामा राखिएको बम बिष्फोट भएको हो ।

दमक ५ मा रहेको ओलीको घर नजिकै अर्को शंस्कास्पद बस्तुसमेत फेला परेको छ । बम बिष्फोटबाट अन्य कुनै क्षति भने भएको छैन ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी दिपक गिरीले घटना स्थल वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । नेपाली सेनाको टोलीले अर्को बम निस्क्रिय पार्ने तयारी गरिरहेको छ ।
 

 

प्रकाशित: ९ मंसिर २०७४ ०३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App