डिआइजी सिंहले तीन वर्ष बढी जागिर खाएको खुलासा

शनिबार, ०९ मङि्सर २०७४, ०८ : १९ मदन ठाकुर

रौतहट- सशस्त्र प्रहरीका एक डिआइजी तीन वर्ष बढी जागिर खाएको भेटिएको छ। मध्यक्षेत्रीय सशस्त्र प्रहरी रुद्रबाहिनी पथलैयाका डिआइजी नरेन्द्र सिंह सेवाअवधिभन्दा तीन वर्ष बढी जागिर खाएको भेटिएको हो।

उनले २०४१ चैत ११ गते पहिलोपटक भर्ना भएको तर बीचमा आफू सेवामा संग्लन नभएको स्पष्ट पारे। अवकास नै दिनुपर्ने थियो भने छ महिनाअघि खबर गर्नुपर्ने उनको तर्क छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले सिंहको फाइल पल्टाउँदा तीन वर्षअघि नै अवकास पाइसक्नुपर्ने पाइएको हो। सिंहको २०४१ चैत ११ गते भर्ना भएको देखिएको सशस्त्र प्रधान कार्यालय हलचोक स्रोतले जनाएको छ।

उक्त फाइल भेटिएपछि हलचोकले अवसकास पत्र पठाएको थियो। अवकास पत्र पाउनेवितिकै आफूमाथि अन्याय भएको भन्दै सिंह रातारात काठमाडौं गएका छन्।

उनले चुनावको मुखमा आफूमाथि अन्याय भएको बताएका छन्। उनले आफ्नो भर्ना २०४५ चैत  १ गते भएको स्पष्ट पारे। 'मेरो औपचारिक भर्ना २०४५ चैत १ गते भएको हो। त्यसपछि मैले २०४९ चैत ११ गते इन्सेक्टरमा नाम निकालेको थिएँ। अहिले एआइजी हुनबाट रोक्न आफूमाथि अन्याय गरियो,' उनले नागरिकन्युजसँग भने।

उनले २०४१ चैत ११ गते पहिलोपटक भर्ना भएको तर बीचमा आफू सेवामा संग्लन नभएको स्पष्ट पारे। अवकास नै दिनुपर्ने थियो भने छ महिनाअघि खबर गर्नुपर्ने उनको तर्क छ।

सशस्त्र प्रहरीका प्रवक्ता बाबुराम  पाण्डेले यस्तो खबर आएपनि आधिकारिक जानकारी नपाएको बताए। 'यो विषयमा कुरा आएको छ। हामीले यसबारे अनुसन्धान गरिरहेका छौं। छिट्टै यसबारे औपचारिक धारणा सार्वजनिक गर्नेछौं,' उनले भने।

 







यसमा तपाईको मत

अन्य समाचार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

हुन्डाई भेन्यू अब नेपालमा

हुन्डाई भेन्यू अब नेपालमा

नेपालको लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई भेन्यू सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad