coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लण्डन अक्सफाेर्ड स्टेसनमा गाेलीकाे अावाज, सुरक्षाकर्मीद्वारा प्रतिआतंककारी कारवाही

घटनास्थलमा सुरक्षाकर्मी

लण्डन—लण्डनको भूमिगत अक्स्फोर्ड सर्कस ट्युब  स्टेशन सुरक्षाकर्मीले बन्द गराएका छन्। साे ठाउँमा सुरक्षाकर्मीले आतंककारीमाथि जवाफी फायरिङ गरेजस्तो देखिएको प्रत्यक्षदर्शीले जनाएका छन्।

ब्रिटिश टान्सपाेर्ट प्रहरीका अनुसार सुरक्षाकर्मी समयमै घटनास्थल पुगेर सर्वसाधारणलाई सो ठाउँ छोड्न भनेका थिए। टान्सपोर्ट फर लन्डनले एक घटनापछि स्टेशन बन्द गरिएको पुष्टि गरेको छ।

लन्डन महानगरीय प्रहरीका अनुसार अहिलेसम्म कोही मृत्यु भएको खबर प्राप्त भएको छैन तर प्रत्यक्षदर्शीले गोली चलेको आवाज सुनेको जनाएका छन्।

‘प्रहरीले आतंकवादीसम्बन्धी घटनाको जवाफी कारवाही गरिरहेको छ’, स्कटल्यान्ड यार्डले भने, ‘हतियारधारी एवं हतियारबिहीन सुरक्षाकर्मीहरु यहाँ देखिएका छन्। उनीहरु ब्रिटिस टान्सपोर्ट पुलिससँग मिलेर काम गरिरहेका छन्।’

एक प्रत्यक्षदर्शीकाे भिडियाे ट्विट

An unusual hustle in Oxford Circus, people run out from a shop screaming, police arrived and closed the road pic.twitter.com/D9CPTAXu0E

— Semanur Pekkendir (@SemanurPe) November 24, 2017

प्रकाशित: ८ मंसिर २०७४ १५:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App