coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचनको समयमा नेपाल भारत सीमामा कडा निगरानी

धनगढी- निर्वाचनसम्म  कैलाली र कंचनपुरका नेपाल भारत सीमामा दुवै देशका सुरक्षाकर्मीले कडा सुरक्षा गर्ने भएका छन। दुवै देशका सुरक्षा अधिकारीको बिहीवार भारतको पलियामा वसेको संयुक्त बैठकले अहिले देखि निर्वाचन सम्पन्न हुन्जेल सम्म सयुक्त सुरक्षा रुपमा सुरक्षा गर्ने निर्णय गरेका हुन्। ‘अहिले देखि निर्वाचन सम्म सीमा नाका प्रयोग गरेर हुने अपराधिक गतिविधी नियन्त्रण तथा गलत व्यक्तीको ओहोरदोहोरमा रोक लगाउन दुवै देशका सुरक्षा अधिकारीको समन्वयमा कडा सुरक्षा गर्ने निर्णय गरेका छौं’दुईदेशका काउण्टर पार्ट बैठकमा सहभागी कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने। नेपालका शसस्त्र प्रहरी र भारतको एस एस वी सम्मिलित संयुक्त सुरक्षा गस्ती निर्वाचनसम्म नियमित गर्ने निर्णय गरिएको उनले बताए। यसैगरी संकाशपद व्यक्तीमाथी निगरानी राख्ने, एक अर्कामा सूचना आदानप्रदान गर्ने निर्णय गरिएको उनको भनाई छ।

दोश्रो चरण अन्तरगत आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै कैलाली र कञ्चनपुरका नेपाल–भारत सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने सहमति पनि बैठकमा भएको छ । बैठकमा दोस्रो चरणमा कैलाली र कञ्चनपुर लगायतका जिल्लामा मंसिर २१ हुन गईरहेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको सुरक्षालाई लिएर विशेष छलफल भएको प्रजिअ रिजालले बताए ।

यसैगरी सीमावर्ती क्षेत्रमा हुने लुटपाट, भारतीय पक्षबाट गौरीफन्टा भन्सारमा नेपालीहरुसंग भईरहेको रकम असुलीको विषयमा पनि छलफल भएको र त्यस्ता गतिविधि नियन्त्रण गर्न लखिमपुर खिरीका डिष्ट्रिक मेजिष्टेड आकाशदीपसंग आग्रह गरिएको प्रजिअ रिजालले बताए । लखिमपुर खिरीका डिष्ट्रिक मेजिष्टेड आकाशदीपले सीमामा अपराधिक गतिविधी हुन नदिन भारतका सुरक्षाअधिकारीका तर्फवाट कडाई गरिने बताएका छन्। सीमामा अपराधिक गतिविधी हुन नदिन र गलत व्यक्तीको ओहोरदोहोर रोक्न नेपालका सुरक्षा अधिकारीसँग समन्वय गरेर काम गर्ने उनले बताए।

 

प्रकाशित: ८ मंसिर २०७४ १२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App