coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जुनार क्षेत्रमा विचौलियाको समस्या

सिन्धुली- जुनारको प्रख्यात क्षेत्रको रुपमा चिनिएको सिन्धुलीमै यो वर्ष उपभोक्ताहरु महंगो मूल्य तिरेर जुनार किन्न बाध्य छन्। जुनार उत्पादनका लागि प्रशिद्ध मानिएको यस जिल्लामा बिचौलीयाका कारण यो बर्ष उपभोक्ताहरु महंगो मूल्य तीरेर उपभोग गर्न बाध्य भएका हुन्।

उपभोक्ताहरुका अनुसार अहिले बजारमा जुनारको मूल्य प्रतिदाना १५ रुपैयाँदेखि २० रुपैयाँ रहेको छ । बीचका व्यापारी(बिचौलीया)ले भने सिधै बगैंचाबाट कृषकहरुसँग प्रतिदाना ५ रुपैँया देखि ८ रुपैयाँमा  खरिद गरी तेब्बर मूल्य भन्दा बढीमा  उपभोक्तालाई जुनार बिक्रि गर्ने गरेका छन्। जुनारको मुख्य सिजनमै जुनारको भाउ यसरी आकाशिएपछि उपभोक्ता भने मारमा परेका छन् । जुनार उपभोग गर्ने समय नहुँदै विचौलियाले जुनार क्षेत्रमा गई बगैंचानै किन्ने र मनपरी भाउमा बजार ल्याएर विक्री गर्दा जुनारको भाउ समेत मनपरी भएको छ। विगतको बर्षमा जुनारको मुख्य सिजन हुँदा जुनार प्रतिकेजी ४० देखि ५० रुपैयाँमा उपभोक्ताले लिने गरेका भएपनि यस बर्ष मंसिरको पहिलो सातामै प्रतिकेजी एक सय देखि एक सय पचास रुपैँयासम्ममा विक्रि भएको छ। यसबर्ष जुनार धेरै महङंगो रहेछ, जुनार क्षेत्र मानिएको रतनचुराको खनियाखर्कमा जुनार किन्दै गरेका काठमाडौं धापासीका विष्णु बञ्जाडेले भने–‘बर्षेनी जुनारको सिजनमा सिन्धुलीको जुनार खरिद गर्ने गरेको थिए, यस बर्ष अत्याधिक महङगो रहेछ।

व्यापारीले सिधै कृषकसँग सम्पर्क गरि जुनार खरिद गर्नाले बिक्रिका लागि कृषकलाई सुविधा पुगे पनि आफुहरुलाई मर्का परेको उपभोक्ताहरुको गुनासो छ। 

'हाम्रो बगैचामै आएर सिजन अगावै व्यापारीले जुनार खरिद गर्छन्', तिनकन्याका एक जुनार कृषकले भने–‘पहिला पहिलाको भन्दा त मुल्य राम्रै पाएका छौ, तर हामीकहाँ भन्दा फलफुल पसलबाट उपभोक्ता किन्दा तेब्बर मुल्य लिएको पाइयो।' सिन्धुली जिल्लामा जुनार उत्पादन हुने अधिकांस क्षेत्रमा सडक सुविधा पुगेकोले उत्पादन भएको जुनार तराईबाट आएका व्यापारीले बगैंचाबाटै खरिद गरेर लाने गरेको कृषकको भनाई छ। 'जुनार क्षेत्रमा विचौलिया पुगेका छन्', जुनार विकास संघ सिन्धुलीका उपाध्यक्ष कृष्णप्रसाद गौतमले भने–‘यो नियन्त्रण गर्न सकिएको छैन, त्यसैले जुनारको भाँउ मनपरी छ ।' उनका अनुसार सदरमुकामका फलफुल पसलमा भन्दा राजमार्ग आसपासमा बढी मुल्य जुनारलाई पर्ने गरेको छ।

'किसानले पाउने प्रतिकिलो ३०/४० नै हो, तर व्यापारीले बजारमा ल्याएर दोब्बर बढी नाफा लिएर विक्रि गर्ने गरेको पाइन्छ', उपाध्यक्ष गौतमले नागरिकसँग भने–‘अझ बिपी राजमार्गको सडक छेउमा राखेर बेच्ने किसानले जुनारको मनपरी मुल्य लिने गरेको गरेका छन् ।’ सिन्धुलीका ४५ गाविसमा जुनार खेतीका लागि उचित मौसम रहेपनि  यहाँको जलकन्या तिनकन्या बाशेश्वर मझुवा वितिजोर भुवनेश्वरी लगायतका गाविसमा मात्रै जुनारको व्यवसायीक खेती हुदै आएको छ।

 

प्रकाशित: ८ मंसिर २०७४ ०९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App