सहरी स्वाद

इन्द्रेणी मःमः

शुक्रबार, ०८ मङि्सर २०७४, १२ : ३५ शान्ति लामा

घामपानीको संगमबाट बनेको सुन्दर इन्द्रेणी मननपराउने मानिस सायदै हुन्छन्  । इन्द्रेणीमा देखिने प्रकाशको सातै रङले धेरैलाई आकर्षित गर्छ । इन्द्रेणी मनपराउनेलाई इन्द्रेणी रङका जुनसुकै वस्तु पनि मन पर्न सक्छ  । सहरमा अचेल धेरैले मन पराएका छन्, इन्द्रेणी जस्तै मःमः। 

आकर्षक रंगीन रेन्बो मःमः खान धेरैले धाउने गरेका छन्, रेन्बो रेस्ट्रो एन्ड बारमा । काठमाडौंको बल्खु चोकबाट कुलेश्वरपट्टि एक सय मिटरजति अगाडि बाटोछेउमै छ, रेन्बो रेस्ट्रो । यसले एक वर्षयता इन्द्रेणीजस्तै रंगीन मःमः पस्किँदै आएको छ । रेन्बो मःमः खानैका लागि पनि कति यहाँ आउने गरेका छन् । ललितपुरका समीप रञ्जित रेन्बो मःमः खाइरहेका भेटिए । मःमः खान बेलाबेला रेन्बो रेस्ट्रो आउने गरेको उनी सुनाउँछन् ।  मःमःको रङले आफूलाई आकर्षित गरेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘रेन्बो मःमःको आकर्षण भनेकै यसको रङ हो । त्यसैले बेलाबेला खान आउने गरेको छु ।’ देख्दै खाउँखाउँ लाग्ने मात्र नभई यहाँको रेन्बो मःमःको स्वाद पनि मीठो रहेको उनले बताए। 

इन्द्रेणी मःमः बनाउने रेन्बो रेस्ट्रोका सञ्चालक हुन्, २१ वर्षीय रवीन्द्र महतो । चितवनका स्थायी निवासी उनी बिबिएका विद्यार्थी हुन् । रेन्बो रेस्ट्रोमा रेन्बो मःमः बनाउने आइडिया पनि उनकै हो । ‘आजकल जे पनि नयाँ गर्ने चलन छ । नयाँ केही त बनाउनैपर्छ भन्ने हिसाबले रेन्बो मःमःको आइडिया निकालेँ,’ बिजनेस एडमिनिस्ट्रेसनमा स्नातक गर्दै गरेका महतो भन्छन्, ‘सेफसँग सल्लाह गरेर बनाइहाल्यौँ । ग्राहकले मन पनि पराए।’ 

सुरुसुरुमा अर्डर भ्याउन समेत मुस्किल भएको उनी सुनाउँछन् । उनी भन्छन्, ‘नयाँ खानेकुरा भनेपछि के होला भनेर सबैले खान खोज्दा रहेछन् ।’ अहिले पनि उनको रेस्टुरेन्टको मेनुका अन्य परिकारभन्दा आकर्षक परिकार हो, रेन्बो मःमः।
ललितपुरको लिटिल एन्जल्स कलेजमा पढिरहेका महतो पहिले फलफूल बेच्थे हात्तीवनमै । पछि उनले व्यापारको क्षेत्र परिवर्तन गर्ने विचार गरे । अनुसन्धान गर्दा रेस्टुरेन्टमा राम्रो हुने सम्भावना देखेर आफूले रेस्टुरेन्ट खोलेको उनी सुनाउँछन्।

झट्टै घरसल्लाह गरी रेस्टुरेन्ट खोली हाले । रेस्टुरेन्टको नाम राखियो, रेन्बो रेस्ट्रो एन्ड बार । यसैका लागि नयाँ परिकारको खोजीका क्रममा रेन्बो मःमः बनाउने विचार आएको उनी सुनाउँछन् । ‘नामसँगै मिल्ने खालको रेस्टुरेन्टको डेकोरेसन पनि गरेका छौँ । नामसँगै मिल्ने भएकाले रेन्बो मःमः बनाउँदा राम्रै हुन्छ भन्ने सोचेर सुरु गरेका हौँ,’ उनले भने । पिठोमा थोरै खाद्य रङ हालेर रेन्बो मःमः बनाइन्छ । अहिले त उनको यो रेस्टुरेन्ट रेन्बो मःमःका लागि चर्चित भइसकेको छ । मःमःका कुनै पनि भेराइटीलाई रेन्बो स्टाइलमा बनाइन्छ । नियमितबाहेक इन्टरनेटमा रिभ्यु हेरेर आउने ग्राहक पनि उनले पाएका छन्। 







यसमा तपाईको मत


अन्य समाचार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...

डाबर नेपालको  रियल मिक्स्ड फ्रुट मसला

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका...

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...