८ वैशाख २०८१ शनिबार
कला

पंकज र स्वस्तिलाई ब्राजिलमा सफलता

काठमाडौं- ब्राजिलको पोर्टो एलेग्री शहरमा गत नोभेम्बर १५ देखि २० तारिखसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालबाट सहभागी पंकज सिंह ठकुरी र स्वस्ति वैद्यले अवार्ड जितेका छन् ।
पुरुषहरु सम्बन्धित ‘मिष्टर टिन ग्राण्ड इन्टरनेसल प्याजेन्ट २०१७’ मा पंकज सिंह ठकुरी ‘फस्ट रनर अप’ बन्दा ‘मिस टिन ब्युटी प्याजेन्ट २०१७’ मा स्वस्तिले ‘वेष्ट स्माइल’को अवार्ड जितिन् । प्रतियोगितामा नेपाललाई ‘वेष्ट नेसनल डाइरेक्टर अवार्ड’ पनि दिइएको थियो । उक्त अवार्ड साएम सापकोटाले लिएका थिए ।
बझाङ्का पंकज र भक्तपुरकी स्वस्ति राजधानीमा केही समय अघि भएको ‘मिष्टर एण्ड मिस टिन वल्र्ड नेपाल २०१७’ का शीर्ष उपाधि विजेता हुन् । ब्राजिल जानु अघि पंकज र स्वस्तिलाई कोरियोग्राफर रोजिन शाक्यले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

प्रकाशित: ८ मंसिर २०७४ ०६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App