coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ट्यांकरको ठक्करबाट महिलाको मृत्यु

उर्लाबारी – मोरङको बूढीगंगा गाउँपालिका– ३ स्थित कोशी राजमार्गमा ट्यांकरको ठक्करबाट बिहीबार साँझ स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छिन्। 

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ख ४५९९ नम्बरको ट्यांकरले सोही दिशातर्फ जाँदै गरेको को २५ प ८२०२ नं को स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते शाह भएकी स्कुटर पछाडि बस्ने सुनसरी, इटहरी – ६ की २७ वर्षीया खुश्बु शाहको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। 

अर्की घाइते सोही ठाउँ बस्ने २१ वर्षीया चालक आशा रिजालको सोही अस्पतालमै उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए। ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित: ८ मंसिर २०७४ ०४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App