७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री दाहाल र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौँ,- नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालकालागि भारतीय  राजदूत रञ्जित रायबीच भेटवार्ता भएकाे छ। दाहाल  निवास लाजिम्पाटमा आज बिहान भएको भेटवार्तामा राजदूत रायले प्रधानमन्त्रीलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकाेमा बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।

नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले पनि राष्ट्रपति सी जिन पिङ र प्रधानमन्त्री ली खछ्याङ तथा चिनियाँ जनताको तर्फबाट बुधबार नै बधाई दिएका थिए ।

प्रधानमन्त्री दाहाललाई विभिन्न राजनीतिक दल, कूटनीतिक नियोग, नेता, कार्यकर्ता तथा जनताले बधाई दिने क्रम जारी रहेको दाहालकाे सचिवालयले जनाएकाे छ।

शपथ ग्रहणपछि प्रधानमन्त्री लैनचौर जाने

 प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गरेपछि सहिद स्मृति स्तम्भ लैनचौरमा माल्यार्पण गर्ने कार्यक्रम तय गरिएको छ ।

दाहालकाे निजी सचिवालयका अनुसार उनले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम तय गरिएको छ ।

यस्तै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सहिद तथा बेपत्ता योद्धाको स्मृतिमा निर्माण गरिएको स्तम्भमा माल्यार्पण गर्नेछन्। सहिद तथा बेपत्ता योद्धाको सम्मानमा माल्यार्पण गरेपछि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर  पद भार ग्रहण गर्ने  कार्यक्रम रहेको छ । रासस

प्रकाशित: २० श्रावण २०७३ ०६:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App