coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रसुवागढी नाका बन्द

रसुवा— चीनसँगको व्यापारिक नाका रसुवागढी नाका बिहीबार मध्यरातदेखि ७२ घन्टाका लागि बन्द गरिने भएको छ। चीनसँग सीमा जोडिएको नेपाली भूभाग रसुवामा हुन लागेको निर्वाचनलाई ध्यानमा राख्दै प्रशासनले अाज राति १२ बजेदेखि नाका बन्द गराउन लागेको हो। नाका बन्द हुँदा मान्छे एवं सवारी साधन आवात जावात गर्न पाउने छैनन्।

बिहीबार बसेको जिल्ला सुरक्षा समिति बैठकले नाका बन्द गर्ने निर्णय गर्दै चिनियाँ अधिकारीलाई पत्राचार गर्ने निर्णय गरेको हो।

निर्वाचनको लागि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सीमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए।  निर्वाचन गतिविधिमा अबरोध पुर्‍याई सीमा पारगरि चिनतर्फ जान सक्ने भएकाले नाका बन्द गरिएकोे जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।

नाका बन्द हुने भएपछि सामग्री लिन गएका कन्टेनर नेपाल फर्किएका छन्। जाने तयारीमा रहेका कन्टेनर रसुवाको धुन्चे, स्याफ्रु, टिमुरे लगायतका क्षेत्रमा रोकिएका छन्।

प्रकाशित: ७ मंसिर २०७४ १४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App