८ वैशाख २०८१ शनिबार
राजनीति

मौन अवधि ‘निक्कै खतरा’

पाँचथर– निर्वाचन कानुनले मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघि देखि मौन अवधि निर्धारण गरेकाले नियमत: चुनावी प्रचार प्रसार गर्न मिल्दैन । मौन अवधिमा चुनाव प्रचार प्रसार, चुनावी कार्यक्रम सञ्चालन गरे कानुनी कारबाही हुने व्यवस्था छ । चुनावप्रचार प्रसारमा रोक लगाइन्छ । तर यही अवधिलाई राजनीतिमा निक्कै खतराका रुपमा हेरिने गरिन्छ ।
प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मौन अवधिलाई दलहरुले दुरुपयोग गर्ने आंशका गरिँदैछ ।  पूर्वी पहाडमा ममतदाता किन्ने, आर्थिक चलखेल, धम्की तथा विभिन्न प्रलोभनले गर्दा चुनावमा मौन अवधिलाई निक्कै खतरा अवधि मानिन्छ । उम्मेद्वार, राजनीतिक दल तथा आम मतदाताहरु यो अवधिलाई मौनभन्दा पनि खतरा अवधिको रुपमा लिन्छन् । राजनीतिकरुपमा जीवनमरणको युद्धझैँ चुनावलाई लिने हुँदा आपसी तनावसमेत हुने गर्छ । गाँउ गाँउमा पैसा खर्च गर्ने प्रतिस्पर्धामा तनाव पनि हुने गर्छ । चुनावको माहोल प्रभावित पार्ने दिनको रुपमा मौन अवधिलाई मानिन्छ ।
विगतका चुनावमा मौन अवधि अर्थ नदेखिएको राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष प्रेम ओझाले बताए । दलहरुले गाँउगाँउमा चुनावी कार्यक्रमहरु तय गरेको पाइएको उनले सुनाए । विगतका चुनावझैँ योपल्ट पनि मौन अवधिको दुरुयोग हुने देखिएको ओझाको बुझाइ छ । मौन अवधि चुनावका लागि निक्कै खतरा देखिएको उनले विश्लेषण गरे ।
नेता कार्यकता चुनावी तनावमा हुन्छ । मतदान गर्ने सयम घण्टामा गणना भइरहँदा निक्कै ठूला आर्थिक चलखेल गर्न नेताहरु गाँउ गाँउ पुग्छन्् । निर्वाचन प्रचार गर्न नपाइने भए पनि अन्तिम समयमा मतदाता आफ्नो पक्षमा पार्ने खेल हुने गर्छन् । विगतका निर्वाचनहरुमा यस्ता प्रसस्त उदाहरण छन् । यस पल्ट पनि यस्ता काम दोहोरिनसक्ने राजनीति वृत्तमा चर्चा छ । नेताहरु गाँउ गाँउ पुगेका छन् । राजनीतिक गोटी चलाउनेदेखि आर्थिक प्रलोभनमा पार्ने समेतका काम हुन्छ । राजनीतिक रुपमा नखुलेका मतदाताहरुलाई आफ्नो पक्षमा पार्न निक्कै पैसा खर्च गर्न गर्ने विगतमा उदाहरण छन् । विपन्न वर्गमा पुगेर मत प्रभावित गर्ने गर्छन् ।
    न्यूट्रल रहेका मत प्रभावित गर्न निक्कै प्रयास गरिन्छ । अन्य पार्टीभित्र देखिएको आन्तरिक असन्तुष्टिमा खेल्ने, आर्थिक चलखेल गर्ने, भोज भतेर गर्ने, धम्क्याउने, युवा परिचालनजस्ता घटनाहरु विगतमा भएका छन् । पहिलो चराणमा मतदान हुने पाँचथर, ताप्लेजुङ यही क्रम दोहोरिने चर्चा पाइन्छ  । मतदाता त्रसाउने काम समेत कतिपय ठाँउमा हुने गर्छ । २० मतदान केन्द्रलाई अति संवेदनशिल मानिएको छ । मौन अवधिदलहरुले खास मान्ने देखिँदैन । चुनावी अकंगणित मिलाउनका लागि भरमाग्धुत प्रयास हुने एक जिल्ला नेताले नागरिकन्युजसँग भने ।
‘मौन अवधि भनेर कहाँ हुन्छ । निक्कै मेहनत गर्ने बेला यही हो । साम, दाम, दण्ड भेद प्रयोग गर्ने बेला नै यही हो,’ ती नेताले भने ।
    आफ्ना मतदाता संरक्षण पनि निक्कै महत्पूर्ण मानिन्छ । तटस्थ मतदाता तान्ने प्रयास हुन्छ । विभिन्न ठाँउमा रहेका नेताहरु यतिबेला गाँउ पुग्छन् ।  विभिन्न ठाउँबाट गाउँ आएकाहरुले चुनावी माहोल बिगार्नसक्छ । कतिपय दलका कार्यकर्ताहरु मौन अवधिमा चलखेल गरेको निरौला सुनाउँछन् ।
    मौन अवधिमा मत माग्ने, प्रचारप्रसार गर्ने, समाजिक सञ्चाल मत माग्न, निर्वाचन प्रचार गर्न नपाइने व्यवस्था रहेको मुख्य निर्वाचन अधिकृत मनोज केसी बताउँछन्  । मौन अवधिको समयमा दलहरुलाई निर्वाचन प्रचार प्रसार लगायतका काम नगर्न अनुरोध गरिएको मुख्य उनले बताए । मौन अवधिमा चुनावी गतिविध सञ्चालन, दलहरुका गतिविधि प्रकाशन, प्रसारण गर्न नहुने उनको भनाई छ ।   मौन अवधि उल्घन गरे निर्वाचन कानुन बमोझिम कारबाही गरिने केसीले दाबी गरे ।

प्रकाशित: ७ मंसिर २०७४ १२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App