८ वैशाख २०८१ शनिबार
राजनीति

गोलाप्रथाबाट मतदान अधिकृत छनौट

धनकुटा- मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले दोस्रो चरण अन्तर्गत मंसिर २१ गते हुने निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको गोलाप्रथाबाट छनौट गरेको छ ।

गोलाप्रथाबाट धनकुटाका एकसय १७ मतदान स्थलको एकसय ५३ मतदान केन्द्रमा खटिने तीनसय ६ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतको टुंगो लगाइएको हो ।

निर्वाचनका समयमा खटिने कर्मचारीबाट सुगम र दुर्गम स्थानमा खटाइएको भनेर आउने अनावश्यक दवाव न्यूनिकरण गर्न तथा राजनितिक आस्थाका आधारमा प्रभाव नपरोस भन्ने उदेश्यले गोलाप्रथाबाट कर्मचारी परिचालनको तयारी गरेको  धनकुटाका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले बताए ।

प्रकाशित: ७ मंसिर २०७४ १२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App