१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रसुवागढी नाका ७२ घण्टाको लागि बन्द

रसुवा– चीनसँगको व्यापारिक नाका रसुवागढी ७२ घण्टाको लागि बन्द गरिएको छ । निर्वाचन आउन तीन दिन बाँकी रहँदा आज राति १२ बजेदेखि नाकामा शिल लगाइने भएको हो ।
निर्वाचनको समयमा अन्य देशसँग सीमा जोडिएका जिल्लाका सीमानाका बन्द गरिने नियम अनुसार रसुवागढी नाका बन्द गरिएको हो ।   
सुरक्षा अबस्थालाई मध्यनजर गर्दै सीमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए ।
निर्वाचन गतिविधिमा अबरोध पु¥याई सीमा पारगरि चिनतर्फ जान सक्ने भएकाले नाका बन्द गरिएकोे जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
नाका बन्द हुने भएपछि सामग्री लिन गएका कन्टेनर नेपाल फर्किएका छन् भने जाने तयारीमा रहेका कन्टेनर रसुवाको धुन्चे, स्याफ्रु, टिमुरे लगायतका क्षेत्रमा रोकिएका छन् ।

प्रकाशित: ७ मंसिर २०७४ ११:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App