coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

विवादीत 'पद्यमावती' बेलायत सेन्सरद्वारा पास

नयाँ दिल्ली– भारतमा एकदमै विवादित भएको चलचित्र पद्यमावती रिलिजका लागि सेन्सर बोर्डको अनुमती कुरिरहेको छ ।
मंसिर १५ गते रिलिज हुने भनिएको उक्त चलचित्र उक्त मितिमै रिलिज हुने सम्भावना निक्कै कम देखिएको थियो ।

बेलायतमा भने उक्त चलचित्र त्यही मितिमै रिलिज गर्नका लागि बेलायती सेन्सर बोर्डले रिलिज गर्नका लागि अनुमति प्रदान गरेको छ । बेलायतमा उक्त चलचित्र १२ वर्षभन्दा माथि उमेर समूहलाई हेर्नका लागि अनुमति प्रदान गरिएको छ ।

भारतमा राजपूत समुदायका व्यक्तिहरूले उक्त चलचित्रको कडा आलोचना गरेपछि पूर्व निर्धारित समयमै उक्त चलचित्र रिलिज नहुने भएको हो ।

चलचित्र निर्माता सञ्जय लिला भन्सालीले चलचित्रको निर्धारित समय पछाडि सारेको बताएका छन् । राजपूत सम्प्रदायको इतिहासलाई जोडेर व्यङ्ग्य गरिएको भन्दै राजपूत समुदायले उक्त चलचित्र प्रदर्शनमा विरोध जनाएको हो ।

 

प्रकाशित: ७ मंसिर २०७४ ११:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App