८ वैशाख २०८१ शनिबार
राजनीति

ओखलढुंगामा खतिवडा र सुनुवारबीच 'नेक टु नेक' प्रतिस्पर्धा

काठमाडौं— दुई केन्द्रिय नेता चुनावीसभालाई सम्बोधन गर्न शनिवार ओखलढुंगा पुगे। वाम गठबन्धनका नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड। उनीहरु ओखलढुंगा पुग्नुको एउटै उद्देश्य थियो– आफ्नो पार्टीका उम्मेदवारलाई जिताउने।

सांसद् रहँदा चर्चामा आइरहने रामहरि खतिवडा र यज्ञराज सुनुवार दुबै प्रभावशाली नेताको रुपमा चिनिन्छन्। यसअघि २०७० को संविधान सभा निर्वाचनमा ओखलढुंगामा दुई निर्वाचन क्षेत्र रहँदा एकबाट एमालेका सुनुवार र दुईबाट कांग्रेसका खतिवडा विजयी भएका थिए। अहिले क्षेत्र निर्धारण अायोगले ओखलढुंगा एउटा मात्रै प्रतिनिधिसभा भएको छ। त्यही प्रतिनिधिसभाको प्रतिनिधित्व गर्न मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा दुवै नेता मैदानमा छन्।

खतिवडा र सुनुवारको लोकप्रियताका कारण ओखलढुंगामा कसले जित्ने भनेर अड्कल गर्न नसकिने भएको छ। दुवै नेता जितमा ढुक्क हुन नसकेपछि केन्द्रका नेता बोलाएर चुनावीसभामा गराउँदै मत माग्न थालेका हुन्।

नेता खतिवडाका जिल्लामा वाम तालमेलको प्रभाव नदेखिएकाले अाफू जित्ने दाबी गर्छन्। ‘मैले जिल्लाको लागि धेरै काम गरेको छु,’ उनले नागरिकन्युजसँग भने, ‘त्यही कामको लोकप्रियताले जित निशिचत छ।’

बुधवार पनि दुई पार्टीका नेताहरु चुनावीसभामा सम्बोधन गर्न पुगे। बाम गठबन्धनबाट नेता तथा एमाले पार्टी महासचिव इश्वर पोखरेल जिल्ला पुगेका थिए। ओखलढुंगा पोखरेलको गृह जिल्ला समेत हो। त्यसैगरी कांग्रेसको तर्फबाट पार्टी महामन्त्री सांशक कोइराला ओखलढुंगा पुगेका थिए। कोइरालसँगै कांग्रेस नेता तथा उद्योगपति बिनोद चौधरी समेत ओखलढुंगा पुगेर चुनावीसभालाई सम्बोध गरे।

अघिल्लो चुनाव विजयपछि दुवै जना जिल्लाको लागि मरिमेटेर लागे। अधिकांश समय जिल्लामै बिताए। विजपछि नेता जिल्लामा जाँदैनन् भन्ने गुनासो गर्ने ठाउँ दिएनन्। संबिधानसभा निर्वाचनमा खतिवडा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धी भन्दा करिब ५ हजार बढी मत र सुनुवारले निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धी भन्दा करिब ३ हजार बढी मत ल्याएर विजयी भएका थिए।

दुवै नेताले व्यवस्थापिका संसददेखि जिल्लाको विकास निर्माण तथा जनगुनासो सम्बोधनमा उतिकै उपस्थिति देखाए। त्यसैले गर्दा अहिले यी दुवै नेता आफूले जित्नेमा पूर्ण विश्वस्त छन्। तर परिणाममा भने एक जना पराजित हुने निश्चित छ।

नेता खतिवडाका जिल्लामा वाम तालमेलको प्रभाव नदेखिएकाले अाफू जित्ने दाबी गर्छन्। ‘मैले जिल्लाको लागि धेरै काम गरेको छु,’ उनले नागरिकन्युजसँग भने, ‘त्यही कामको लोकप्रियताले जित निशिचत छ।’

भूकम्प प्रभावित जिल्लामा पारेको, एकीकृत सेवा केन्द्र स्थापना गरी गाउमै पासपोर्ट, नागरिकता, जग्गाधनी प्रमाणपूर्जा, अपांगता परिचयपत्र उपलब्ध गराएको रुम्जाटार एयरपोर्ट कालोपत्रे गरेको, खिजी फलाँटेमा इलाका कार्यालय राखेको, मोलुङ, लिखु र दुधकोसी करिडोरका मोटरबाटोहरु निर्माण गर्न भूमिका खेलेको लगायतको काम गरे भन्दै नेता खतिवडा घरदैलोमा छन्।

‘यहाँका जनताको साथको कारणले बाम गठबन्धन नहुँदा नै मेरो जित निश्चित थियो,’ उनले भने, ‘तालमेल भएपछि त झन विजयको लागि कुनै संका छैन्।’

लिखु जलविद्युत योजना, दुधकोशीबाट विद्युत आयोजना, दुधकोशी करिडोरको बाटो सोलूसम्म जोड्ने, लिखु करिडोरको सिरिसे पुराउने, सिरिसेको पुल चाँडो सम्पन्न गर्ने, जनताका आधारभूत सेवा घरदैलोमा कार्यान्वयन ल्याउने, कृषिको आधुनिकीकरण गरी युवा पलायनलाई रोक्ने अजेन्डाका साथ खतिवडा मत मागिरहेका छन्।

सुनुवारले पनि आफूलाई लोकप्रिय नेताकै रुपमा उभ्याएका छन्। ‘यहाँका जनताको साथको कारणले बाम गठबन्धन नहुँदा नै मेरो जित निश्चित थियो,’ उनले भने, ‘तालमेल भएपछि त झन विजयको लागि कुनै संका छैन्।’ अघिल्लो चुनावपछि लिखू, दुधकोसी र मोलुङ करिडोरका सडक निर्माण, साँघुटार–घोराखोरी–ओखलढुंगाको सडक कालोपत्रे, नबलपुर, कोसहाट ककनी सडक निर्माण, सुनकोसीमा पुल निर्माण लगायतका काम गरेको दाबी सहित नेता सुनुवार घरदैलो गरिरहेका छन्।

दुधकोशी, मोलुङ र लिखु करिडोरका सडक निर्माण सकाउने तथा ती नदीमा जलविद्युत उत्पादन गरी ठूला परियोजना चलाउने, जिल्लालाई लोडसेडिङमुक्त बनाउने, पर्यटकीय स्थानको विकास तथा प्रचारप्रसार गर्दै जिल्लालाई समृद्ध बनाउने अजेन्डा बोकेर नेता सुनुवार मत मागिरहेका छन्।

अंकगणित भन्छ- 'नेक टु नेक' प्रतिस्पर्धा
२०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेसले ओखलढुंगाको दुवै निर्वाचन क्षेत्रबाट कुल २३ हजार ८४७, एमालेले २१ हजार ४५३ र तत्कालीन नेकपा माओवादीले ६ हजार ५९९ मत पाएको थियो । कांग्रेसका क्षेत्र नम्बर १ बाट बालकृष्ण दाहालले ९ हजार ९४३ र क्षेत्र नम्बर २ बाट खतिवडाले १३ हजार ९०४ मत ल्याएका थिए। यस्तै, एमालेका क्षेत्र नम्बर १ बाट सुनुवारले १२ हजार ९४३ र क्षेत्र नम्बर २ बाट नानीबाबु बुढाथोकीले ८ हजार ५१० मत तथा माओवादीका क्षेत्र नम्बर १ बाट केशव राईले २ हजार ९६३ र क्षेत्र नम्बर २ का पेशल खतिवडाले ३ हजार ६३६ मत ल्याएका थिए । उसबेला एमाले र माओवादी केन्द्रले पाएको मत जोड्दा २८ हजार ५२ हुन पुग्छ।

पछिल्लो स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने कांग्रेसको पकड बलियो देखिन्छ। ८ स्थानीय तहमध्ये कांग्रेसले ४, एमालेले ३ र माओवादी केन्द्रले १ तहमा विजयी भएको थियो। एमाले र माओवादी केन्द्र एक ठाउँमा आएपछि मात्र स्थानीय तहमा लोकतान्त्रिक र वाम गठबन्धनको जितको स्थिति बराबरको अवस्थामा पुग्छ ।

सिद्धिचरण नगरपालिका, मोलुङ गाउँपालिका र लिखु गाउँपालिकामा एमाले, चिसंखुगढी गाउँपालिकामा माओवादी केन्द्र तथा चम्पादेवी गाउँपालिका, खिजीदेम्बा गाउँपालिका, मानेभन्ज्याङ गाउँपालिका र सुनकोसी गाउँपालिकामा कांग्रेसले जितेको थियो । स्थानीय तहको निर्वाचनमा जिल्लाका ७५ वडामध्ये कांग्रेसले ३८ वडा, एमालेले २६ र माओवादी केन्द्रले ११ वडामा बाजी मारेको थियो। यस हिसाबले पनि ओखलढुंगामा लोकतान्त्रिक र वाम गठबन्धनको कडा टक्कर हुने देखिएको हो ।

सुनुवार विद्यार्थी राजनीतिबाट स्थापित भएका हुन्। खतिवडा दिवंगत पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको साथ पाएर राजनीतिमा आएका हुन्। जिल्लामा निर्वाचित भएपछि सुनुवारले १ र खतिवडाले २ नम्बर क्षेत्रमा पकडै बनाए। तर, प्रतिनिधिसभा एउटै भएपछि भने यी दुबै नेता अामने सामने हुन लागेका हुन्। ‘खतिवडा र सुनुवार दुवै नेतालाई जिताउने मन छ,’ ओखलढंगा चम्पादेबीका मतदाता कृष्ण कार्की भन्छन्, ‘दुबैलाई मत दिन नमिल्दा कसलाई दिने भनेर अलमल्लमा छु।’ उनी मात्रै होइन् यतिबेला ओखलढुंगाका पार्टीको ट्याग नलागेका अधिकांश मतदाता अलमलमा परेका छन्। दुबै नेता आकर्षक अजेन्डासहित आएकोमा कसलाई जिताउने भन्ने द्विविधा छ।

त्यसैगरी प्रदेशसभा एकबाट वाम गठबन्धनका तर्फबाट एमालेका अम्बिरबाबु गुरुङ र कांग्रेसकातर्फबाट मित्रसेन दाहाल चुनावी मैदानमा छन्। यी दुबै नेतावीच कडा टक्कर हुने देखिन्छ। प्रदेशसाभा दुईमा वाम गठबन्धनबाट माओवादी केन्द्रका मोहनकुमार खड्का र कांग्रेसबाट प्रदिप सुनुवार चुनावी मैदानमा छन्। सुनुवार हाल आफ्नो स्थायी ठेगाना प्रदेशसभा एक छोडेर दुईमा गएर उठेका हुन्। सुनुवारलाई पाहुना उम्मेदवार भन्दै कांग्रेसभित्र नै रुचाएको छैन। यती मात्रै नभएर उनले वागी उम्मेदवारको समेत सामान गर्नपर्ने भएको छ। कांग्रेसका असन्तुष्ट नेताहरुले तरुण दलका जिल्ला सभापति ज्ञानेन्द्र रुम्दालीलाई स्वतन्त्र उम्मेदवार बनाएका छन्। रुम्दालीले ०६४ सालको संविधानसभा निर्वाचनमा पनि वागी उम्मेदवार बनेका थिए। कांग्रेसको पकड क्षेत्रको रुपमा चिनिएको यो प्रदेशसभामा कांग्रेसको मत रुम्दालीले राम्रै काट्ने अनुमान गरिएको छ।

प्रकाशित: ७ मंसिर २०७४ १०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App