८ वैशाख २०८१ शनिबार
समाज

सहायक मतदान अधिकृत कुटिए

बाजुरा- बाजुराको बुढीनन्दा नगरपालिका ५ कोटिलास्थित नन्देश्वरी माविमा रहेको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत विन्देश्वर प्रसाद यादव बुधवार बीच बाटोमै कुटिएका छन् ।
सदरमुकाम मार्तडीबाट एक दिनको पैदल दूरीमा रहेको उक्त मतदान केन्द्रमा जाँदै गर्दा पोरखे लेकमा यादवमाथि कुटपिट भएको प्रहरीले बताएको छ । घाइतेको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यादवको डाढ, खुट्टा र पिठिउँमा चोट लागेको छ ।
आक्रमणकर्ताको पहिचान भने हुन सकेको छैन । घटनामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी नायब उपरीक्षक हरि ओलीले बताए । कुटपिटको कारण खुलेको छैन ।

 

प्रकाशित: ७ मंसिर २०७४ ०७:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App