८ वैशाख २०८१ शनिबार
भिडियो

चीनमा भिडियोले मच्चायो सनसनी

बेइजिङ- चीनमा एक भिडियो फुटेजले सनसनी फैलाएको छ। जुन भिडियोमा बेइजिङको एक होटलमा एक महिला माथि हमला भएको देखिन्छ। सीसीटीवी फुटेजमा एक महिलालाई होटलको करिडोरमा घचेटिरहेको देखिन्छ तर त्यहाँ उभिएका मानिसहरु चुपचाप बसेका हुन्छन्।

यो घटनाको बारेमा अहिले छानविन चलिरहेको छ। सामाजिक सञ्जालमा यो भिडियो माथि धेरैले विरोध जनाएका छन्।

भिडियो दुई अरब पटक हेरिसकिएको छ। पछिल्लो क्रममा चीनमा यस्ता घटना धेरै पटक दोहोरीएका छन्। मानिसमाथि दुर्व्यवहार हुँदा नजिक रहेकाहरु चुपचाप बसेका धेरै भिडियो आएका छन्।


बेइजिङ प्रहरीले घटनाको बारे छानविन भइरहेको र होटल चलाउने कम्पनिले माफि मागेको बताएको छ।

यो भिडियो चिनियाँ सोशल मिडिया बाइबोमा यसै हप्ता एक महिलाले अपलोड गरेकी थिइन्, जसको अनलाईन नाम 'वानवान' हो।

इलेट होटलको करिडोरमा एक मानिस ति महिलाको नजिक गएर कुन कोठामा बसेको छौं भनेर सोधेको वानवानले बताएको छ। होटलका एक कर्मचारीले यो घटना देखेका थिए। तर उनले श्रीमान श्रीमतीको झगडा होला भनेर छ्टाउन नगएको बताएका छन्।

अन्तिममा एक व्याक्तिले महिलालाई सहयोग गरेर त्यहाँबाट लगेको भिडियोमा देखिन्छ। यो भिडियोबारे चिनियाँ सामाजिक सञ्जालमा बहस भइरहेको छ र भनिएको छ किन चिनियाँहरु एक अन्जान मानिसलाई सहयोग गर्दैनन्। 

प्रकाशित: २६ चैत्र २०७२ ०७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App