coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

निर्वाचन कार्यालयमा भेटिएको बम निष्क्रिय पारियो

नुवाकोट- जिल्ला निर्वाचन कार्यालय नुवाकोटको प्राङ्गणमा भेटिएको बम निष्क्रिय बनाइएको छ । मतदान केन्द्रमा परिचालन भएका कर्मचारीलाई मतदानको लागि आवश्यक पर्ने सामाग्री वितरण गर्ने क्रममा शंकास्पद बस्तु फेला परेको थियो ।
शंकास्पद बस्तु भेटिए पछि  श्रीनाथ गण देवीघाटका नेपाली सेनाको टोलीले पहिचान गर्दा शंकास्पद बस्तु बम नै रहेको पाइएपछि निष्क्रिय बनाइएको प्रहरी नायव उपरीक्षक मधुकरजंग विष्टले बताएका छन् ।
विष्टका अनुसार बिहान ६ बजको समयमा नैै निर्वाचन कार्यालयमा बम राखेको हल्ला बाहिर आएपछि सुरक्षा व्यवस्थामा कडाई गरिएको थियो । बाहिर आएको हल्ला अनुसार  सुरक्षाकर्मीले खोज्दा सुरुवातका नभेटिए पनि ९ बजेको समयमा  निर्वाचन कार्यालयका कर्मचारी सुमन केसीले कार्यालयको मोटरसाकइल चलाउन खोज्दा शङ्काष्पद बस्तु भेट्टिएको थियो ।
शंकास्पद बस्तु भेटिए पछि साढे १० को समयमा प्रहरीको सहयोगमा नेपाली सेनाको टोलीले सुरक्षित रुपमा निष्क्रिय पारेको प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै नुवाकोटकै किस्पाङ गाँउपालिका वडा नं २ फिकुरीको ताजीमा गएराती १२ बजेर ४५ मिनेटमा प्रेसरकुकर बम विस्फोट भएको प्रहरी चौकी फिकुरीले जनाएको छ । रातको समयमा गराएको बम विस्फोट निर्वाचन विथोल्न सक्रिय रहेका समूहको संलग्न रहेकोे हुन सक्ने अनुमान गरिएको छ ।
निर्वाचनको समय आउन तीन दिन मात्र बाँकी रहदा जिल्लामा बम विस्फोट र भेट्टिनेक्रम बढिरहेको छ । यस अघि गत शुक्रबार ककनीमा बम विस्फोट, बुधबार सिक्रेमा वडा सदस्यको घरमा बम भेट्टिएको थियो ।

 

 

 

प्रकाशित: ७ मंसिर २०७४ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App