coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नुवाकोटको ढिकुरे बजार निषेधित क्षेत्र घोषणा

नुवाकोट– निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने लिखु गाउँपालिकाको वडा नं. १ ढिकुरेबजारसहित आसपासको क्षेत्रलाई आज जिल्ला प्रशासन कार्यालय नुवाकोटले निषेधित क्षेत्र घोषणा गरेको छ ।
ढिकुरे बजारदेखि पूर्वमा चौघडा, पश्चिममा बराहफेदीडाँडा, उत्तरमा माझपानी र दक्षिणमा चौघुडा क्षेत्र चारकिल्ला भित्र कुनै पनि सभा र जुलुस गर्न नपाईने गरी निषेधित क्षेत्र घोषणा गरेको हो ।
नेपाली कांग्रेस र बामगठबन्धनको तर्फबाट नेकपा (एमाले) र माओवादी केन्द्रले संयुक्तरूपमा चुनावी सभा एकै गाउँमा आयोजना गर्ने भए पछि दुईमध्ये एकलाई स्थान परिवर्तन गर्न गरेको आग्रह अस्वीकार गरेकाले निषेधित क्षेत्र घोषणा गरिएको प्रशासन कार्यालय नुवाकोटका प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताए । शर्माले भने, ‘स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम बिहान ६ बजेदेखि सुरु भएकोे निषेधित क्षेत्र साँझ ६ बजेसम्म नै कायम रहनेछ ।’
चुनावी सभालाई सम्बोधन गर्न कांग्रेसको तर्फबाट केन्द्रीय सदस्य गगनकुमार थापा र बामगठबन्धनको तर्फबाट एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ आउने कार्यक्रम थियो ।
प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपछि लोकतान्त्रिक गठबन्धनले खरानीटारमा चुनावी सभा गरिहेको छ भने बाम गठबन्धनले स्थगित गरेको छ । चुनावी प्रचार गर्ने अन्तिम दिन आज क्षेत्र नम्बर २ को देविघाटमा काङ्ग्रेसले आयोजना गरेको चुनावी सभामा गगन थापाले संवोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित: ७ मंसिर २०७४ ०७:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App