७ वैशाख २०८१ शुक्रबार
समाज

अख्तियारद्वारा इटहरी उपमहानगरको कागजत जफत

इटहरी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले इटहरी उपमहानगरपालिकाले सिएफएल बल्वको सेट खरिदमा रु ६० लाखभन्दा बढी भ्रष्टाचार भएको घटनामा खरिदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

चालु आर्थिक वर्षको साउन १ गतेदेखि कात्तिक ७ गतेसम्म उक्त उपमहानगरपालिकाको जिन्सी शाखाले व्यापारीसँगको मिलेमतोमा कागजात मिलाइ खरिद गरेको रु ९७ लाखको सिएफएल र त्यसको सेटमा लाखौँ भ्रष्टाचार भएको भन्ने उजुरीमा अख्तियारले खरिदसम्बन्धी सम्पूर्ण कागजात लिएको हो । उक्त सामग्री खरिद कार्यमा बोलपत्र समेत नगरिएको पाइएको छ ।

उपमहानगरपालिकामा निर्वाचित पदाधिकारी आउँदाआउँदै भएको सिएफएल बल्व खरिदसम्बन्धी भ्रष्टाचारमा उद्योग वाणिज्य संघका पदाधिकारी, कर्मचारी एवं निर्वाचित पदाधिकारीसमेतको संलग्नता देखिएपछि त्यसको छानबिन अघि बढाइएको हो ।
उपमहानगरपालिकाभित्र सिएफएल खरिदसँगै फर्निचर खरिद, बालबालिका लक्षित कार्यक्रम र खेलकुदका सामग्री खरिद प्रकरणमा पनि लाखाँै रकमको अनियमतिता भएका विषय बाहिर आउन थालेका छन् ।

यो प्रकरणका सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि २० वडामध्ये १२ वडामा विजयी नेपाली काँग्रेसका वडाध्यक्षले यो आर्थिक अनियमितताका विषयमा बुधबार अख्तियारका द्धारिकलाल चौधरीसँग छलफल गरेको एक वडाध्यक्षले जनाए ।

यस प्रकरणमा उपमहानगरका निर्वाचित पदाधिकारी जिन्सी शाखामा कार्यरत कर्मचारी, लेखाका कर्मचारी र उक्त सामग्री खरिदका लागि मूल्यसूचि प्रमाणीकरण गरी दिने उद्योग वाणिज्य संघका पदाधिकारी र एवं सामग्री उपलब्ध गराउने व्यापारीसमेत तानिन सक्ने सम्भावना रहेको खख्तियारसँगै राजस्वसम्बन्धी कार्यालयको समेत ध्यानाकर्षण भएको बताइएको छ ।

प्रकाशित: ७ मंसिर २०७४ ०५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App