हिँडेरै कर्मचारी मतदान केन्द्रमा

बिहिबार, ०७ मङि्सर २०७४, ११ : २२ नागरिक

जाजरकोट- सडक सञ्जालले नछोएका यहाँका दुर्गम गाउँमा पुग्न कर्मचारीलाई समस्या भएको छ । आवश्यक बन्दोबस्तीका सामग्रीसहित कर्मचारीलाई निश्चित समयभित्र तोकिएको ठाउँमा पुग्न हम्मेहम्मे भएको छ । बढ्दै गरेको चिसोका कारण कर्मचारीलाई समस्या भएको हो । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन सामग्रीसहित कर्मचारीलाई मतदान केन्द्रतर्फ खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँका दुर्गम जुनीचाँदे गाउँपलिका र वारेकाट गाउँपालिकामा पुग्न तीन दिन लाग्छ । कार्यालयले दुर्गम क्षेत्रका मतदान केन्द्रका लागि गत सोमबारदेखि कर्मचारी पठाउन शुरु गरेको हो । निर्वाचनका लागि एक हजार कर्मचारी खटिने छन् । 

बुधबारसम्म १०० भन्दाबढी मतदान केन्द्रका लागि कर्मचारी खटिसकेको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले बताउनुभयो । निर्वाचन कार्ययोजनाअनुसार बिहीबारसम्म सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने उहाँले बताउनुभयो । जिल्लामा ८५ मतदानस्थल र ११६ मतदान केन्द्र निर्धारण गरिएको छ । 

जाजरकोटमा ७२ मतदानस्थल अतिसंवेदनशील मानिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए । सुरक्षा चुनौतीको हिसाबले संवेदनशील जिल्ला मानिए पनि सुरक्षाको उचित व्यवस्थापन मिलाइएको उनले बताए । 

सञ्चार सुविधा नहुँदा समस्या 

यहाँका ४० भन्दा बढी मतदान केन्द्र तथा स्थलमा टेलिफोनको सहज पहुँच नहुँदा समस्या भएको छ । टेलफोनको टावरले काम नगर्दा सूचना दिन र लिन समस्या भएको वारेकोट गाउँपालिकाको मुलसाम केन्द्रमा खटिएका कर्मचारीले बताएका छन् । 

जुनीचाँदे गाउँपालिकाको जुनीमा खटिने कर्मचारीलाई पनि सञ्चारको असुविधा छ । नलगाड नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा टेलिफोनको पहुँच छैन । 

भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका मतदाता भोट हाल्न घर फर्कदै छन् । विभिन्न दलले नेपालगञ्ज, सुर्खेत र काठमाडौँबाट जाजरकोट आउने मतदातालाई यातायातको व्यवस्था गरेका छन् ।








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad