coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सन्तुलित छिमेक सम्बन्धको सुरुवात गरें : ओली

फाइल फोटो

बुटवल – एमाले अध्यक्ष केपी ओलीले लोकतन्त्रलाई जनताको जीवनशैली बनाउन नसक्नेबाट नै खतरा भएको बताएका छन् । जनतालाई लोकतन्त्र आएको अनुभूति हुनेगरी मुलुकलाई नयाँ दिशामा लैजाने योजना आफूहरूको रहेको भन्दै उनले वामपन्थी शक्तिबाट लोकतन्त्रलाई कहिल्यै खतरा नहुने बताए।

‘यहाँ लोकतन्त्रका कुरा गरेर जनतालाई भुलाउन खोजिँदैछ, लोकतन्त्रका कुरा गरेर मात्रै हुँदैन्, नागरिकले परिवर्तनको अनुभूति गर्नुपर्छ,’ बुटवलको ट्राफिकचोकमा बुधबार आयोजित चुनावी सभामा उनले भने । लोकतन्त्रका लागि सधैं संघर्ष गरेको भन्दै उनले कसैले आरोप लगाउँदैमा जनताले नपत्याउने बताए । ‘पहिले कम्युनिस्ट सरकार आए ६० वर्षमा गोली हान्छन् भन्थे, जनताले त्यस्तो भन्ने कांग्रेसको कुरा पत्याएनन् । अहिले कम्युनिस्टले  जिते अधिनायकवाद आउँछ, लोकतन्त्रलाई खतरा छ भन्दैछन्, यसो भन्ने आफैं बिलाएर जाने छन्,’ उनले भने।

भारत भ्रमण गरेर  भारतको नाकाबन्दी हटाएको र चीन भ्रमण क्रममा पारवहन सम्झौता  गरेर अब कसैले नाकाबन्दी लगाउने हिम्मत नगर्ने अवस्था सिर्जना गरेको ओलीले बताए । 

राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताप्रति सधैं प्रतिबद्ध रहेको बताउँदै ओलीले पाँच नम्बर प्रदेश टुक्र्याउने विधेयकको विरोधमा संघर्ष गरेर विधेयक विफल  पारेको भन्दै बुटवलवासीलाई बधाईं दिए । ‘तपाईंहरु सडकमा लड््नुभो, हामी सदनमा लड्यौं, मिलेर लडेकाले पाँच नम्बर प्रदेश टुक्र्याउन खोज्नेहरू पराजित भए,’ उनले भने ।
ओलीले आफू प्रधानमन्त्री भएका बेला सन्तुलित छिमेक सम्बन्धको सुरुवात गरेको बताए । भारत भ्रमण गरेर  भारतको नाकाबन्दी हटाएको र चीन भ्रमण क्रममा पारवहन सम्झौता  गरेर अब कसैले नाकाबन्दी लगाउने हिम्मत नगर्ने अवस्था सिर्जना गरेको उनको भनाइ थियो।

मुलुकलाई आर्थिक समृद्धितिर लैजान ठूला पूर्वाधार आयोजना अघि बढाउनुपर्ने, औद्योगिक विकासमा जोड दिनुपर्ने, जलविद्युत् र  पर्यटन विकासमा ध्यान दिनुपर्नेलगायत विषयमा पनि उनले बोलेका थिए ।  ‘पाँच वर्षमा जनताको सरकार कस्तो हुन्छ भनेर काम गरेर देखाउने छौं, वामपन्थीको सरकार निश्चित छ,’ उनले भने।

ओलीले चुनावपछि एमाले र माओवादी पार्टीबीच एकता हुने बताए । ‘हामीले पार्टी एकता गर्नेगरी अहिले चुनावी तालमेल गरेका छौं, चुनाव पछि पार्टी एकता हुन्छ,’ उनले भने।

एमाले उपमहासचिव एंव रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्य  उम्मेदवार विष्णु पौडेलले प्रदेश टुक्र्याउने विधेयक विरुद्धको आन्दोलको अगुवाइ गरेको बुटवलमै पाँच नम्बर प्रदेशको राजधानी  हुने बताए। 

अर्का उपमहासचिव एंव रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार घनश्याम भुसालले मुलुकलाई समृद्धिको बाटोमा लैजान वामपन्थीको सरकार आवश्यक रहेको बताए। 

माओवादी केन्द्रका नेता एवं रुपन्देही ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डिलाराम आचार्यले जनस्तरको दबाब आत्मसात गरेर एमाले–माओवादी मिलेर अघि बढेको बताए। 

ओली बुधबारै कपिलवस्तु र दाङमा आयोजित सभालाई पनि सम्बोधन गरे । एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी घोराहीको चुनावी आमसभास्थल नजिकै बम विष्फोट भएको छ । आमसभालाई सम्बोधन गरेर ओली बाहिरिएको केहिबेरमै उक्त स्थलको दुई सय मिटर टाढा बम विष्फोट भएको थियो।

प्रकाशित: ७ मंसिर २०७४ ०४:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App