coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मतपत्र छपाइ सम्पन्न

काठमाडौं – जनक शिक्षा सामग्री केन्द्रले आगामी चुनावका लागि आवश्यक मतपत्र छपाइ सकेको छ । जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध सञ्चालक महेशप्रसाद तिमलसिनाले ५ करोड २५ लाख मतपत्र छपाइ कार्य बुधबार सकिएको जानकारी दिए। 

उनले पहिलो चरणको निर्वाचनका लागि ३२ जिल्लाका मतपत्र निर्वाचन आयोगलाई बुझाइसकेको र दोस्रो चरणको निर्वाचनका लागि ४५ जिल्लामा मतपत्र पुर्‍याउन प्याकिङको काम भइरहेको जानकारी दिए।

उनका अनुसार मतपत्र छपाइमा संवेदनशीलता अपनाउँदै तीनघेरा सुरक्षा चक्रमा छपाइ कार्य सकेको हो । उनका अनुसार पहिलो घेरामा सेना, दोस्रो घेरामा नेपाल प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरीको रोहबरमा मतपत्र छपाइ कार्य पूरा भएको हो । उनका  अनुसार समानुपातिकका लागि १ करोड ७५ लाख थान मतपत्र छापिएको छ । सबै मतपत्र छाप्न ३० करोड लागत लागेको उनले बताए । जनकले २०३६ सालदेखि मतपत्र छाप्दै आएको छ। 

निर्वाचन आयोगका प्रवक्ता  नवराज ढकालले पहिलो चरणको निर्वाचनका लागि ३२ जिल्लाका मतदान केन्द्रमा मतपत्र पुर्‍याइसकेको बताए।

प्रकाशित: ७ मंसिर २०७४ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App