१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रोल्पाको सुरक्षा चुस्त (भिडियो)

मंसिर— माओवादी सशस्त्र द्वन्द्वको उद्गम थलो रोल्पामा यतिबेला चुनाबको चटारो छ। उमेद्वारहरु घरदैलो कार्यक्रम गरिरहेका छन् भने स्थानिय प्रशासनलाई सुरक्षाको चुनौतिले थिचेको छ। पटक पटक उमेद्वारमाथि भएका बम आक्रमणका प्रयास गरिएसँगै नेता, कार्यकर्ता र प्रशासन जस्तै मतदाता पनि चिन्तामा छन्।

विभिन्न चुनौतीबीच पनि यतिखेर सुरक्षा ब्यबस्था अत्यन्त कडा पारिएको स्थानीय प्रशासनले बताएको छ। निर्बाचनविरोधी गतिविधिमा संलग्न नेपाल कम्युनिष्ट पार्टीका महासचिब नेत्रबिक्रम चन्द विप्लवको गृह जिल्ला भएकाले सो पार्टीले पनि प्रतिष्ठाको लडाई लड्न सक्ने देखिन्छ।
‘रोल्पाको निर्वाचनमा चुनौती नै नभएका होइनन् तर त्यो चुनौतिलाई नियन्त्रण गर्न सक्ने योजना हामीले बनाएका छौं। चुनौती खडा गर्न सक्ने केही महत्वपूर्ण ब्यक्तिहरुलाई नियन्त्रणमा लिएका छौ। हतियार र बिष्फोटक पदार्थ समेत नियन्त्रणमा लिएका छौं’, प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई भन्छन्।

मंगलवार नै ठूलो सुरक्षा घेरा भित्र राखेर कर्मचारी र निर्बाचन सामाग्री टाढाका मतदान केन्द्रमा पठाइसकिएको छ। ‘हामीले चुनाबको सबै तयारी पुरा गरिसकेका छौं। सुरक्षा जनशक्ति पनि पठाइसकेका छौं। अब चुनाबको दिनको मात्र प्रतिक्षामा छ’,  भट्टराईले भने।

बाहिर जे जस्तो सुनिए पनि मतदाता ढुक्क भएर मतदान गर्न जान सक्ने अवस्था रहेको उनले बताए। ‘सुरक्षाका कारणले कुनै किसिमको त्रसित हुनु पर्ने, भ्रमित हुनु पर्ने अबस्था छैन। हामी शान्त र भयरहित वातावरणमा निर्बाचन गराउन सक्षम छौं’, उनी भन्छन्।

 

प्रकाशित: ६ मंसिर २०७४ १२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App