coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानको हवाई आक्रमणमा एघार आतङ्ककारी मारिए

जलालाबाद – अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले मङ्गलबार गरेको कारबाहीको क्रममा एघार आतङ्ककारी मारिएका छन्। 

यस कारबाहीको क्रममा ११ जना इस्लामिक स्टे्टस्का आतङ्ककारीहरु मारिएका प्रान्तीय सरकारका प्रवक्ताले बुधबार जानकारी दिएका छन्। 

नान्गाहार प्रांन्तको आचिन जिल्लाको ओमोन क्षेत्रमा लुकेर बसेका आतङ्ककारी लक्षित सुरक्षा कारबाहीमा आइएसका ११ लडाकू मारिएका छन् । 

यस कारबाहीको क्रममा आइएस लडाकू लुकेर बस्ने गरेका दुईवटा वासस्थानसमेत ध्वस्त पारिदिएको प्राप्त समाचारमा जनाइएको छ। 

आचिन जिल्लामा आइएस आतङ्ककारी समूहको बलियो प्रभाव रहेको मानिन्छ। अफगान र अन्तराष्ट्रिय बलले गएको केही महिनायता सोही जिल्लामा गरेको कारबाहीको क्रममा आइएसका सयौं सशस्त्र लडाकू र कमाण्डरसमेत मारिएका छन्। 

प्रकाशित: ६ मंसिर २०७४ ११:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App