७ वैशाख २०८१ शुक्रबार
राजनीति

सिन्धुपाल्चोकका ४ मतदान केन्द्र महिलाको जिम्मामा (फोटो फिचर)

सिन्धुपाल्चोक— संविधान कार्यान्वयन गर्दै प्रतिनिधि चुन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउने जिम्मेवारी पाएका कर्मचारी बुधबारदेखि गाउँ खटिन थालेका छन्। मतदान केन्द्रमा प्रयोग हुने ६४ प्रकारका सामग्री बोकेका उनीहरु बिहीबार साँझसम्म कार्यक्षेत्र पुगिसक्ने छन्।  जिल्लाका चार वटा केन्द्रमा महिला मात्र कर्मचारी खटाइएका छन्।

सिन्धुपाल्चोकमा १ सय ४४ स्थानमा २ सय ८५ केन्द्र तोकिएको छ। प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहयोगी कर्मचारी र तीन सहयोगी गरी आठ जनाको दरले २ हजार २ सय ८० कर्मचारी खटिएको जिल्ला निर्वाचन अधिकारी बिजयकुमार कार्कीले बताए। 

केन्द्रमा बसेर कर्मचारीहरुले शुक्रबार र शनिबार मतदाता परिचयपत्र बितरण गर्ने छन्। शनिबार सर्वदलीय बैठक गरेर उनीहरुले मतदान केन्द्रमा छेकबार गरी मतदानपूर्वको सबै तयारी पूरा गर्ने छन्। लगातारको चुनावले यो पटकको चुनावमा कर्मचारी त्यति उत्साही देखिएनन् । खटिनै पर्ने बाध्यतामा उनीहरु देखिए। 

यो पटक सिन्धुपाल्चोकमा चारवटा महिलामैत्री मतदान केन्द्र कायम गरिएको छ। कुविण्डेस्थित कालीदेवी मावि (क), (ख) र गौरातिस्थित सीतादेवी आधारभूत विद्यालय (क) र (ख) केन्द्रमा महिला कर्मचारी मात्र खटिएका छन्। 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App