coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

झरनाको फिटनेस फर्मुला

नेपाली फिल्मनगरीमा राज गरेकी अभिनेत्री तथा निर्दैशकमा पर्छिन्, झरना थापा । उनी शारीरिक रूपमा पनि निकै फिट देखिन्छन् । आफूलाई फिट राख्न झरना यस्तो गर्छिन्ः

– मेरो फिटनेस फर्मुला भनेको भ्याएसम्म एक्ससाईज गर्छु ।
– म नियमित रुपमा जिम जान्छु, तर काम बिशेषले बाहिर गएका समय भने छुट्छ ।
–जिम जान छुटेका बेला म घरमै १५ मिनेटको टाईम निकालेर एक्ससाईज गर्छु ।
–मेरो डाईटिङ भने ५ प्रतिशत मात्रै हुन्छ । अनि ६० प्रतिशत वर्कआउट हुन्छ ।
–मेरो बिचारमा डाईटिङ भनेर खाना नखाई बस्नु राम्रो कुरा होईन । टन्न खाने अनि एक्ससाईज पनि टन्न गर्ने ।
–फेरी टन्न खाने भन्दैमा घाँटीसम्म आउने गरेर खाने पनि होईन । खाउँखाउँ लाग्दालाग्दै छोड्ने । यसो गर्दा पेट हल्का हुन्छ ।
–धेरै चिल्लो पिरो नखाने, माछामासु पनि ठिक मात्रामा खाने गर्छु ।
–स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो, त्यसैले ब्यस्त छु भनेर आफ्नो शरिरको ध्यान दिन छाड्दिन ।

प्रकाशित: ६ मंसिर २०७४ ०५:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App