मुगावेको ३७ वर्षे लामो शासनको अन्त्य

बुधबार, ०६ मङि्सर २०७४, ०९ : ५५ नागरिक

हरारे (बिबिसी)– जिम्बावेका राष्ट्रपति रोबर्ट मुगावेले पदबाट राजीनामा दिएका छन् । ‘राष्ट्रपति मुगावेले पदबाट राजीनामा दिएका छन्,’ जिम्बावे संसद्का सभामुख ज्याकोव मुडेन्डालाई उल्लेख गर्दै बिबिसीले जनाएको छ।

राजीनामा दिएको बारे राष्ट्रपति मुगावेले जारी गरको पत्रमा आफूले स्वेच्छाले जिम्बावेको राष्ट्र प्रमुखको पदबाट राजीनामा दिएको विषय उल्लेख गरको समाचार एजेन्सी रोयर्टसलाई उल्लेख गर्दै बिबिसीले जनाएको छ ।

सोमबारसम्म राजीनामा दिन सत्तारुढ दलले दिएको समयसीमा भित्र राजीनामा नदिएपछि देशको दुवै सदनले उनीमाथि महाभियोगको तयारी गरिहेका बेला मुगावेले पदबाट दिएको राजीनामाले सबैलाई अचम्मित बनाएको बिबिसीले जनाएको छ ।

सत्तारुढ जानु–पिएफ दलले सोमबारसम्ममा राष्ट्रपति पदबाट राजीनामा दिन वा महाभियोगको सामना गर्न आइतबार चेतावनी दिएपनि सोही दिन नै मुगावेले टेलिभिजन सम्बोधन गर्दै आफू आसन्न पार्टी महाधिवेशनको म्यानडेट अनुसार चल्ने र राजीनामा नदिने बताएका थिए । गत साता देशको शक्ति सरकारी सेनाले हातमा लिएपछि घरमै नजरबन्दमा रहेका मुगावेमाथि राजीनामा दिन चौतर्फी दबाब बढेको थियो । उनको राजीनामाको माग गर्दै हजारौंको संख्यामा रहेका प्रदर्शनकारीले राजधानी हरोरसहितका सहरमा शनिबार प्रदर्शन गरेका थिए भने उनकै नेतृत्वमा रहेको सत्तारुढ जानु–पिएफले पनि उनलाई राजीनामा दिन माग गर्दै दलबाट वर्खास्त गरेको थियो । बेलायती उपनिवेशबाट सन् १९८० मा जिम्बावे स्वतन्त्र भएदेखि नै मुगावे देशको शक्तिमा रहिरहेका थिए ।

मुगावले पदबाट राजीनामा दिनुअघि उनीविरुद्ध संसद्मा महाभियोगको लगाउने प्रक्रिया सुरु भएको थियो ।

रोबर्ट मुगावेले जिम्बावेको भावी राष्ट्रपतिका दावेदार रहेका स्वतन्त्रता संग्रामका अभियन्ता एवं उपराष्ट्रपति एमरसन मनाङग्याग्वालाई पदबाट हटाएर आफू भन्दा करिब ४० वर्ष कान्छी श्रीमती ग्रेस मुगावेलाई अगाडि सारेपछि सेना असन्तुष्ट रहँदै सरकारमाथि हस्तक्षेप गरेको थियो ।








यसमा तपाईको मत

अन्य समाचार

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...

बयलबासमा प्रभु बैंक

बयलबासमा प्रभु बैंक

प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...

होङ्सी शिवमको स्वास्थ्य शिविर

होङ्सी शिवमको स्वास्थ्य शिविर

होङ्सी शिवम् सिमेन्ट प्रालिका कर्मचारीको सहयोगमा चिनियाँ चिकित्सा टोलीले १६ पाल्पाको निस्दीमा पर्ने ज्यामिरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको...

आइएमई लाइफको सभा

आइएमई लाइफको सभा

आइएमई लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad