७ वैशाख २०८१ शुक्रबार
राजनीति

काँग्रेस पहिलो पार्टी बन्छ : कृष्णप्रसाद सिटौला

काँग्रेस नेता सिटाैला। फाइल तस्विर

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा आफ्नो दल कांग्रेस नै सबैभन्दा ठूलो दल हुने बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्र वियोगमा परेपछि उनलाई समवेदना दिन निर्वाचन प्रचार छाडेर काठमाडौं आइपुगेका सिटौलाले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै आशन्न निर्वाचनमा पनि कांग्रेस नै पहिलो दल बन्ने दाबी गरेका हुन्। 

‘मेरो मुल्याङ्कनमा नेपाली जनता धेरै लामो संघर्ष, क्रान्ति र परिवर्तनबाट जुन परिवर्तन आयो, त्यसको पक्षमा देखिएका छन्,’ सिटौलाले पत्रकारहरुसँग भने, ‘२००७साल देखि संविधान जारी गर्नेसम्मको नेतृत्व कांग्रेसले गरेकाले यसको कार्यान्वयनको जिम्मेवारी पनि कांग्रेसलाई ठूलो दल बनाएर जनताले दिनेछन् । नेपालको राजनीतिमा एउटा सकारात्मक पक्ष यही हो ।’  

‘मेरो मुल्याङ्कनमा नेपाली जनता धेरै लामो संघर्ष, क्रान्ति र परिवर्तनबाट जुन परिवर्तन आयो, त्यसको पक्षमा देखिएका छन्,’ सिटौलाले पत्रकारहरुसँग भने, ‘२००७साल देखि संविधान जारी गर्नेसम्मको नेतृत्व कांग्रेसले गरेकाले यसको कार्यान्वयनको जिम्मेवारी पनि कांग्रेसलाई ठूलो दल बनाएर जनताले दिनेछन्।'

संविधानसभाबाट नयाँ संविधान जारीपछिको रुपान्तरीत परिस्थीतिमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुन गइरहेको जनाउँदै सिटौलाले आशन्न चुनावले परिर्वतनलाई संस्थागत गर्ने बताए । देशभरी बाम गठबन्धन भएपनि झापा–३मा उनीहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देललाई समर्थन गरेकोतर्फ संकेत गर्दै सिटौलाले झापाका जनता परिर्वतनको पक्षमा उभिने दाबी गरे । 

‘अझै पनि राजा चाहिन्छ भन्ने केही त्तवहरु सक्रिय भइरहेका छन् । उनीहरुलाई निर्वाचनमार्फत संधैका लागि बिदा गर्नुपर्छ,’ सिटौलाले भने, ‘झापा ३ का मतदाता जसले हिजो जो सुकैलाई मतदान गर्ने किन नहोस, आजका दिनमा परिवर्तनका पक्षमा जनआन्दोलनको पक्षमा सोही अनुकुल नेपालको भावनालाई अघि बढाउनु पर्छ ।’

स्वाभिमानविहीन कार्यकर्ताले स्वाधीनताको रक्षा गर्न नसक्ने भन्दै सिटौलाले थपे, ‘न पार्टीको वैचारिक र सैद्धान्तिक धारलाई निरन्तरता दिन सक्छ ।’

हिंसात्मक आन्दोलनमा रहेका त्तकालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन देखि मुलुकलाई गणतन्त्रमा पु¥याउन विगतमा आफुले महत्वपूर्ण भूमिका निर्वाह गरेको जिकिर गर्दै सिटौलाले शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न पनि संसद्मा आफ्नो उपस्थीति जरुरी रहेको सुनाए । ‘गणतन्त्र स्थापना गर्दै संविधानसभाबाट संविधान जारी गर्ने कार्यभार पुरा भएपनि द्वन्द्वपीडितले न्याय पाएको देखिनुपर्छ,’ उनले भने, ‘समाजमा कहिल्यै हिंसा नहुनेगरी बदलाव वा सत्रुताको भाव अन्त्य हुनेगरी सामाजिक एकता र मेलमिलपा पनि कायम हुनुपर्छ ।’

शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न दुई आयोग गठन भएपनि अझै काम पुरा हुन नसकेको दाबी गर्दै उनले भने, ‘जुन सहमतिको आधारमा हामीले शान्ति प्रक्रियालाई अघि बढायौं, त्यही स्पिरिट अनुसार काम हुनुपर्छ । शान्ति प्रक्रियाका बाँकी कामलाई तार्किक निष्कर्षमा पु¥याउन पनि म संसद् आउनुपर्छ ।’

२०६३ मंसिर ५ गते त्तकालीन सात राजनीतिक दलकातर्फबाट प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। हिंसात्मक आन्दोलन गर्दै आएको माओवादी शान्तिपूर्ण बाटोमा आउँदै संविधानसभाबाट गणतन्त्रसहित नयाँ संविधान जारी गर्ने, द्वन्द्वका क्रममा सरकार र माओवादीबाट भएका हत्या, वेपत्ताको छानविन गरी न्याय निरुपण गर्ने सहमति भएको थियो। 

संविधानसभा निर्वाचन भएको छ महिनाभित्र माओवादी लडाकु समायोजन गर्ने सहमति गरेका दलहरुले छ वर्ष लगाएर त्यसलाई पुरा गरेपनि शान्ति प्रक्रियाका बाँकी कामहरु सत्य निरुपण तथा मेलमिलाप र वेपत्ताको खोजविन जस्ता काम पुरा हुन बाँकी छ । त्यसका लागि सरकारले दुई वटा आयोग गठन गरेपनि आन्तरिक विवादले त्यसले गतिलिन सकेको छैन ।  

 

प्रकाशित: ५ मंसिर २०७४ १६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App