७ वैशाख २०८१ शुक्रबार
समाज

भरतपुरको सभामा शोकाकुल दाहाल परिवार

चितवन- आइतबार बिहान मात्रै पुत्र बियोगमा परेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार भरतपुरमा आयोजना भएको कार्यक्रममा सपरिवार सहभागि भए । तर सभामा दाहालले सम्बोधन गरेनन् । उनको शोक अनुहारमा प्रष्टै झल्कन्थ्यो । दाहाल पत्नि सीता दाहाल त बेला बेलामा भक्कानिएकी थिइन्।

                दाहालका छोरा प्रकाश दाहालको आइतबार बिहान मात्रै काठमाडौंमा आकस्मिक हृदयघातका कारण निधन भएको थियो। बाम गठबन्धनले मंसिर ५ गते भरतपुरमा चुनाबी सभा गर्ने भनेर पहिल्यै तय गरेको थियो । पुत्र प्रकाशको निधन भए पनि चुनाबी सभा नरोक्न दाहालले नै आग्रह गरेका थिए । एमाले अध्यक्ष केपी ओलीसमेतले सम्बोधन गर्ने सो सभामा प्रकाश दाहाल प्रति श्रद्धाञ्जली दिइएको थियो ।

                दाहाल चितवन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पनि हुन् । उनको निर्वाचन क्षेत्र भरतपुर बस पार्कमा नै सभा आयोजना भएको थियो । दाहाल र  सीतासहित छोरीहरु रेणु र गंगासमेत सभामा सहभागि भएका थिए । प्रकाशकी श्रीमती बिना मगर पनि सो सभामा सहभागि थिइन्।

                माओवादी नेता सूर्य सुवेदी पथिकले दिवंगत प्रकाशको जीवनी भन्न सुरु गरेदेखि नै आमा सीताको आँखामा आँसु देखिन थालेको थियो । उनी मुख छोप्दै रुदै गरेकी थिइन्। गोपाल ठाकुरले प्रकाशको बारेमा कविता भन्न सुरु गरेपछि उनी झनै भक्कानिन थालिन । प्रकाशको तस्बिरमा श्रद्धाञ्जली दिन जाँदा उनी डाको छाडेर रोएकी थिइन्।

                दाहाल आँखा पनि बेला बेलामा रसाउने गर्दथे । सभामा बसि रहँदा अन्तिम तिर उनी केही सम्हालिएका थिए । तर उनले सभामा सम्बोधन गरेनन् । सीता दाहाल भने सभा नसकिदै केही बेर पहिल्यै बाहिरिएकी थिइन्।

प्रकाशित: ५ मंसिर २०७४ १४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App