८ वैशाख २०८१ शनिबार
राजनीति

सर्वाेच्चमा बम राखिएकाे फाेन न्यूराेड र स्वयम्भुबाट

तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं –सर्वोच्च अदालतमा बम राखिएको फोन न्यूरोडस्थित आर्शी फोटो स्टूडियो र स्वयम्भु मेडिकल स्टोरमार्फत आएको जानकारी प्रहरीले गराएको छ । मंगलबार न्यूरोडस्थित आर्शी फोटो स्टूडियो र स्वयम्भु मेडिकल स्टोरमको फोनमार्फत सर्वोच्च अदालतको प्रधान न्यायाधीसको सचिवालय बम राखिएको भन्दै सबैलाई सर्तक हुन भनिएको थियो ।  

नाम नबताउने सर्तमा प्रहरी स्रोतले भन्यो,‘बम राखेको खबर दिने नम्बरको आधारमा प्रारम्भिक अनुसन्धान सुरु गरेका छौं । बम राखेको खबर न्यूरोडस्थित आर्शी फोटो स्टूडियो र स्वयम्भु मेडिकल स्टोरको फोनबाट आएको रहेछ । थप अनुसन्धन सुरु गरेका छौं,’स्रोतले भन्यो ।

अपरिचित फोनबाट बम राखेको खबर आएपछि मंगलबार सर्वोच्च अदालतको सबै काम स्थगित गरिएको छ । ‘बम राखिएको खबरको कारण सबै काम प्रभावित भएको छ । खबर आएलगत्तै कर्मचारीहरुलाई बाहिर निकालिको थियो,’सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीले भने । बम निस्क्रिय टोली केही समयअघि सर्वोच्च अदालतबाट बाहिरिएको छ ।

प्रकाशित: ५ मंसिर २०७४ ०९:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App