१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बम राखिएको हल्लापछि भागाभाग

तस्बिर : प्रबिन कोइराला

काठमाडौं- काठमाडौंको रामशाह पथस्थित सर्वोच्च अदालतमा बम भएको हल्लापछि भागदौड मच्चिएको छ। अपरिचित व्यक्तिले कर्मचारीको मोबाइलमा अदालतमा बम भएको एसएमएस पठाएपछि भागदौड मच्चिएको हो। सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीले पनि आफ्नो मोबाइलमा बम राखिएको एसएमएस आएको बताए।

'मेरो मोबाइलमा पनि तीन ठाउँमा बम राखिएको एसएमएस आयो। एसएमएस पठाइएको नम्बर प्रहरीलाई दिएर ट्र्याक गर्न लगाइएको छ,' पन्थीले नागरिकन्युजसँग भने। बमको हल्लापछि सबै न्यायाधीश र कर्मचारीहरु इजलाश छाडेर चौरमा बसेका छन्।

प्रहरीले अहिले सर्वोच्च अदालतमा माइकिङ गर्दै परिसर खाली गराउन अनुरोध गरेको छ। एसपी भरत कोइरालाका अनुसार भवन खाली गराएर प्रहरीले चेकजाँच गरिरहेको छ।

त्यस्तै बमको हल्लासँगै आजको लागि तोकिएका सबै पेशी स्थगित गरिएका छन् भने अदालतले सेवामा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ।

 

प्रकाशित: ५ मंसिर २०७४ ०६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App