गृहले गर्‍यो सिडिओको सरुवा

मङ्गलबार, ०५ मङि्सर २०७४, १२ : २८ कृष्ण ढुंगाना  | @krishnakirtipur

काठमाडौं— प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचन हुन पाँच दिन बाँकी रहँदा मंगलबार गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। सरुवा हुनेहरुमा सोलुखुम्बुका सिडिओ भुपेन्द्र थापा, नुवाकोटका जगदशीराज बराल तथा रसुवाका हिरादेवी पौडेल छन्।

‘सोलुखुम्बु, नुवाकोट र रसुवा तीन जिल्लाका सिडिओको सरुवा भएको छ’, गृह मन्त्रालयका प्रवक्ता नारायण शर्माले नागरिकन्युजसँग भने, ‘ती जिल्लामा तत्कालै नयाँ सिडिओ जाँदैहुनुहुन्छ।’

‘सोलुखुम्बु, नुवाकोट र रसुवा तीन जिल्लाका सिडिओको सरुवा भएको छ’, गृह मन्त्रालयका प्रवक्ता नारायण शर्माले नागरिकन्युजसँग भने, ‘ती जिल्लामा तत्कालै नयाँ सिडिओ जाँदैहुनुहुन्छ।’

थापालाई मध्य क्षेत्रीय प्रशासन कार्यालय हेटौंडा पठाइएको छ। बराल गृह मन्त्रालय तानिएका छन् भने पाैडेललाई त्रिभुवन विमानस्थल अध्यागमन सरुवा गरिएको छ।

सिडिओ सरुवा भएका जिल्लाहरुमा मंसिर १० मा निर्वाचन हुँदैछ। ।

सोलुखुम्बुमा नयाँ सिडिओ सुनिल खनाल, नुवाकोटमा वीरेन्द्र यादब तथा रसुवामा चोमेन्द्र न्यौपानेलाई पठाउने तयारी गरिएको गृह स्रोतले नागरिकन्युजलाई बतायो।

निर्वाचन सुरक्षाको विषयलाई लिएर सोमबार प्रधानमन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले सोमबार सुरक्षा समिति बैठक बोलाएका थिए। सो बैठकमा सहभागी गृहका उच्च अधिकारीले प्रशासनकै कारण केही जिल्लामा निर्वाचन गराउन कठिनाई रहेको ब्रिफिङ गरेका थिए।

स्रोतका अनुसार गृह अधिकारीको ब्रिफिङ सुनेका प्रधानमन्त्री एवं गृहमन्त्री देउवाले तत्कालै निर्वाचन आयोगसँग अनुमति लिएर ती जिल्लाहरुमा सिडिओ सरुवा प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। त्यसैअनुसार मंगलबार तीन जिल्लाका सिडिअाे सरुवा गरिएका हुन्।








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad