८ वैशाख २०८१ शनिबार
राजनीति

चुनाव अवधीमा नेपाल–भारत सिमा नाका तीन दिन बन्द हुने

बैतडी –  मंसिर १० हुने पहिलो चरणकाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाल–भारत सिमा नाका तीन दिन बन्द हुने भएका छन् । निर्वाचनका लागि बैतडीको भारतसँग जोडिएको सिमा नाका झुलाघाट र दार्चुला ७२ घण्टाका लागि बन्द हुने भएको हो ।

'चुनावलाई मध्यनजर गरेर यही मंसिर ७ गते राति १२ बजेदेखि सिमा नाका झुलाघाटमा आवतजावत बन्द गरिनेछ,' प्रमुख जिल्ला अधिकारी सिद्घराज जोशीले भने,' उक्त समयमा बिरामीबाहेक अरु साधन र पैदलयात्रुले नाकाबाट आवतजावत गर्न पाउने छैनन्।'

निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएकाले मतदाताले ढुक्क भएर मतदानमा भाग लिनसक्ने प्रजिअ जोशीले बताए । पहिलो चरणअन्तर्गत मंसिर १० गते प्रदेश नं ७ का बैतडीसहित दार्चुला, बझाङ र बाजुरामा निर्वाचन हुँदैछ ।

प्रकाशित: ५ मंसिर २०७४ ०६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App