पुत्र शोकपछि दाहाल चितवनको सार्वजनिक कार्यक्रममा सहभागी हुँदै

मङ्गलबार, ०५ मङि्सर २०७४, १२ : ०८ रमेशकुमार पौडेल

चितवन– पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छोरा प्रकाश दाहालको अचानक भएको निधनपछि आज पहिलो पटक चितवनमा आयोजित सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् ।

बाम गठबन्धनले आजका लागि भरतपुरको केन्द्रीय बसपार्कमा चुनाबी सभा गर्ने कार्यक्रम पहिल्यै तय गरेको थियो । प्रकाश दाहालको निधनपछि रोकिने सम्भावना रहे पनि दाहालले नरोक्न भनेका थिए ।

दाहालका छोरा प्रकासको आइतबार बिहान आकश्मिक हृदयघातका कारण निधन भएको थियो । ‘प्रचण्डज्यु पक्का आउनुहुन्छ । हिजोसम्म त आउने तर सम्बोधन नगर्ने भन्ने नै थियो । अब यहाँ आएपछि बोल्नु होला नहोला त्यो कार्यक्रमकै बेला तय होला,’ माओवादी नेता तथा बाम गठबन्धनको तर्फबाट निर्वाचन परिचालन समितिका संयोजक अमिक शेरचनले भने । आज मध्यान्ह सभा हुँदैछ ।

सभा आयोजना भएको स्थान चितवन क्षेत्र नं. ३ मा पर्छ । दाहाल बाम गठबन्धनको तर्फबाट सोही क्षेत्रका उम्मेदवार छन् । सभामा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र सो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल आउँदैछन् ।

त्यस्तै माओवादीका वरिष्ठ नेता रामबहादुर थापा बादल र मातृका यादब पनि आउने नेता शेरचनले जानकारी दिए । सभामा ५० हजार स्थानीय सहभागि हुने गठबन्धनको अपेक्षा छ । सभालाई हेरेर प्रशासनले सुरक्षा र यातायता व्यवस्था चुस्त बनाएको अधिकारीहरुको भनाइ छ ।




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad