coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

म्यादी प्रहरी चढेको ट्याक्टर दुर्घटना

बाजुरा-बुढीनन्दा नगरपालिका–५ दानसाँघुमा म्यादी चढेको से १ त ४४६६ नम्बरको ट्याक्टर दुर्घटना भएको छ। मार्तडीबाट कोल्टी जादै गरेको ट्याक्टर दिउँसो साढे ५ बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा परी चार जना म्यादी प्रहरी घाईते भएका छन्। घाईते हुनेमा गौमुल ४ बस्ने कागती रोकाया, गौमुल २ बस्ने जमुना रोकाया, गौमुल ६ बस्ने विशाल रोकाया र सोही गाउँका निराजन रोकाया रहेका छन्।

चारै जनाको अवस्था चिन्ताजनक रहेको प्रहरी निरीक्षक जगदिश प्रसाद भट्टले जानकारी दिए । घाइतेको प्राथामिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भईरहेको छ। ट्याक्टरमा ७ जना म्यादी प्रहरी चढेका थिए ।

जिल्ला प्रहरी कार्यालयले कसैलाई पनि जिप र ट्याक्टरको यात्रा नगर्न निर्देश गरेपनि उनीहरु बीचबाटोबाट आफू खुसी ट्याक्टरमा चढेको प्रहरीले बताएको छ। घाइते कागती रोकाया पञ्चलक्ष्मी मावि सिराडी, जमुना रोकाया देवलकोट मावि गोत्री, विशाल रोकाया बिच्छ्या मावि बिच्छ्या र निराजन रोकाया मालिका मावि धिममा लागि खटिएका थिए।

घटनास्थलमा प्रहरी सहायक निरीक्षक सुन्दर बोहराको नेतृत्वमा टोली खटिरहेको छ ।  हिजो मात्र बुढीगंगा नगरपालिका धुरालसैनमा जिप दुर्घटना हुँदा ५ जना घाईते भएका थिए । उनीहरुको बयालगडा अस्पताल अछाममा उपचार भईरहेको छ।

 

प्रकाशित: ४ मंसिर २०७४ १४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App