रामेछाप - जिल्ला प्रशासन कार्यलय रामेछापले जिल्लाको सुनापति गाउँपालिका ४ को बेथानलाई मंगलबार देखि लागु हुने गरि दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ।
निर्वाचनका हिसाबले जिल्लाको प्रदेश सभा ख अन्तर्गत रहेको उक्त स्थानमा बाम गठबन्धनले मंगलबार बृहत चुनावी प्रचारको आम सभा गर्न लागेको थियो। गठबन्धनका उम्मेदवार सहितको चुनावी प्रचार प्रसारको टोली केही समय अघि सो स्थानमा कार्यक्रम गर्न नसके पछि फिर्ता भएको थियो। गठबन्धनले स्थानीय प्रशासनमा सुरक्षाको माग गर्दै औपचारिक पत्र लेखेर मंगलबारका लागि कार्यक्रमको यस अघि नै तय गरेको थियो।
बामगठबन्धनको कार्यक्रमको जानकारी पहिले नै भएको र पछिल्लो समय लोकतान्त्रिक गठबन्धनले समेत सो क्षेत्रको आसपासमा एकै दिन कार्यक्रमको लागि तयारी गरेको जानकारी प्राप्त भएकाले सो क्षेत्रमा अप्रिय घटना नहोस भन्नका लागि जिल्ला सुरक्षा समितिको सोमबारको बैठकले सो निर्णय गरेको निमित प्रमुख जिल्ला अधिकारी यज्ञ प्रसाद शर्माले जानकारी दिए। उनले चुनावी दौडाहामा रहेका बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले एकैसाथ कार्यक्रम गर्दा सो क्षेत्रमा जुलुश भिड वा संगठित समूहबीच हिंसात्मक वा विध्वंसात्मक गतिविधि हुने र त्यसले अप्रिय नतिजा आउन सक्ने संभावन देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ख बमोजिम सो क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिए। सो क्षेत्रमा चुनावी प्रचार प्रसारका कुनै पनि गतिविधि समेत गर्न नपाउने गरी जिल्ला स्थित सबै पार्टीका सम्बद्ध मानिस र कार्यलयहरुमा पत्रचारका साथै मौखिक रुपमा समेत जानकारी गराइएको शर्माले जानकारी दिए।
विगतका निर्वाचनको मत परिणामको हिसाबले बाम गठबन्धन बलियो मानिएको सो क्षेत्रमा पछिल्लो समयमा लोकतान्त्रिक गठबन्धनले समेत आफ्नो उपस्थितिलाई बाक्लो बनाउन लागे पछि सो क्षेत्रमा दुई पक्षीय अस्वस्थ प्रतिस्पर्धाको स्थिति देखिएको हो। सो क्षेत्र निर्वाचनका हिसाबले समेत अति संवेदनशिल क्षेत्रका रुपमा समेत रहेको छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...
कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...
आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...
नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...
नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...
होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...
यसमा तपाईको मत